16th May | 2021 | Sunday | 6:31:58 PM

पानी ट्याङ्की फुटेर २ जनाको मृत्यु

सत्यराज सिंह   POSTED ON : चैत्र २४, २०७७ (१:२८ PM)

पानी ट्याङ्की फुटेर २ जनाको मृत्यु

बझाङ । बझाङको तलकोट गाँउपालिका १ चौडामा पानी ट्याङ्की फुटेर दुइ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ बर्षिया गोकल कुँवरको घटनास्थलमै मृत्यु भएको हो । भने ४८ बर्षिया सुन्दरी देवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो । घाईते भएकी सुन्दरी देवी कुवँरको अमिसा हस्पीटल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताए । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत बनेको पानी टयाङकीमा पानी जम्मा गर्ने क्रममा पानी ट्याङकी फुटेको हो । परियोजना अन्र्तगत सेती नदी बाट लिफ्टीङ गरेर गाँउमा ल्याईएको थियो । पानी ट्याङ्की चर्केर पानी चुहिन थाले पछि एक हप्ता अघि मर्मत गरिएको थियो । मर्मत गरिएको ट्याङ्कीमा पानी जम्मा गर्न लागेका बेला एक्कासी ट्याङ्की फुटेर घटना भएको स्थानिय गोपाल कुवँरले बताए । 

अमिसा हस्पिटलको लापरवाहिका कारण सुन्दरीको मृत्यु भएको आफ्न्तले आरोप लगाएका छन । सुन्दरीको खुट्टामा चोट लागेको थियो । थप उपचारको लागी अमिसा हस्पिटलमा ल्याएको तर डाक्टरले उपचारमा लापरवाहि गर्दा श्रीमतीको मृत्यु भएको मृतकका श्रीमान गोपाल कुवँरले बताए । उनले भने डाक्टरले आफ्नो श्रीमतिलाइ सुइ र सलाइन लगाएर बाहिर गएको र पछि विरामीको मृत्यु भैसकेपछी हस्पिटलमा प्रवेश गरेकोले डाक्टरको लाप्रवाहीले श्रीमतिको मृत्यु बताएका छन । यता हस्पिटलमा कार्यरत डाक्टर महेश शाहले विरामीलाइ सुइ र सलाइन दिएर बाहिर गएको र विरामीको हेरविचारको लागी विचमा आएर पल्सर जाँच गर्दा पल्सर मेन्टेन भएको थियो । पछि विरामीको मृत्यु भएको जानकारी दिएका छन । साथै विरामीका आफ्न्तहरुले डाक्टरलाइ काबार्हिको माग गर्दै हस्पिटल क्षेत्र घेराउ समेत गरेको छ ।  


Views: 1096