16th May | 2021 | Sunday | 7:32:21 PM

भारतको कागदासपुराबाट बझाङका केशव विक बेपत्ता

सत्यराज सिंह   POSTED ON : चैत्र २४, २०७७ (६:१२ PM)

भारतको कागदासपुराबाट बझाङका केशव विक बेपत्ता

बझाङ । भारतको ब्याङलोरस्थित कागदासपुराबाट बझाङका एकजना बेपत्ता भएका छन् । बेपता हुनेमा मष्टा गाउँपालिका वडानम्बर २ खिकाला घर भएका ४४ बर्षिया केशव विक २१ गते शनिबारदेखि विक सम्पर्क विहिन भएको केशवका भाइ दिपक विकले बताउनु भयो ।

भारतको ब्याङलोर स्थित कागदासपुरामा करिब ९ बर्ष देखि सेकुरेटी गार्डको काम गर्दै आएका विक ४ दिनदेखि परिवारको सम्पर्कमा नआउदा उनलाई भेट्टाउने मान्छेहरुलाई नजिकको प्रहरी कार्यालयमा बुझाइदिन आफन्तको आग्रह गरेका छन् । ड्यूटी सकाएर चिया पिउन भनेर हिडेका विक हालसम्म सम्पर्कमा नआउँदा उनका आफन्तले नजिकको प्रहरी कार्यालय वा ९०३५४३२१३७ मा सम्पर्क गरिदिन अनुरोध समेत गरेका छन् । 


Views: 789