16th May | 2021 | Sunday | 3:09:03 AM

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी बझाङ जिल्लाका ५५ विद्यालय छनौट

सत्यराज सिंह   POSTED ON : बैशाख ३, २०७८ (१२:०० PM)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी बझाङ जिल्लाका ५५ विद्यालय छनौट

बझाङ । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी बझाङ जिल्लाका ५५ सामुदायिक विद्यालय छनौमा परेका छन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका लागि विद्यालय छनौट गरि मापदण्डहरु समेत सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको सूचीमा बझाङ जिल्लाका १२ ओटा स्थानियतहमा ११ ओटा स्थानीय तहका मात्र ५५ वटा विद्यालय छनौटमा परेका छन । जसमा जयपृथ्वी नगरपालिकाबाट २ मावि विध्यालय, बुंगल नगरपालिकाबाट ५ मावि र ३ आधारभुत विध्यालय गरी ८ विध्यालय,साइपाल गाउँपालिका बाट २ मावि विध्यालय, केदारस्युँ गाउँपालिका बाट २ मावि विध्यालय, खप्तडछान्ना गाउँपालिकाबाट २ मावि, ६ आधारभुत गरी ८ विध्यालय,तलकोट गाउँपालिकाबाट ४ मावि, ६ आधारभुत गरी १० विध्यालय, थलारा गाउँपालिकाबाट ५ मावि, २ प्रावि गरी ११ विध्यालय, दुर्गाथली गाउँपालिकाबाट २ आधारभुत विध्यालय, मष्टा गाउँपालिकाबाट १ मावि, ६ आधारभुत गरी ७ विध्यालय, वित्थडचिर गाउँपालिकाबाट १ मावि, १ आधारभुत गरी २ विध्यालय र  सुर्मा गाउँपालिकाबाट १ आधारभुत विध्यालय गरी जम्मा ५५ विध्यालय छनोट भएका छन ।

छनौट भएका विद्यालय र कार्यक्रमहरु सबै स्थानीयतह र विद्यालयले कार्यन्वयन गर्नुपर्नेछ । छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन ।


Views: 141