21st June | 2021 | Monday | 1:33:39 PM

रुडुक महासचिव साउँदद्धारा स्वास्थ्य सामाग्री सहयोग

देवेन्द्र खड्का   POSTED ON : जेठ २, २०७८ (१२:०२ PM)

रुडुक महासचिव साउँदद्धारा स्वास्थ्य सामाग्री सहयोग

महेन्द्रनगर । रुडुक नेपालकी केन्द्रीय महासचिव,नेपाल हिन्दू महासंघकी वरिष्ठ उपाध्यक्ष तथा काँग्रेस नेतृ जोत्सना साउँदले गृह जिल्ला कञ्चनपुरलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । 

विश्व महारीका रुपमा फैलिरहेको कोरोना भाइरससंग लड्न महासचिव साउँदले गृहजिल्ला कञ्चनपुरका लागि तीन थान अक्सिजन कन्सनट्रेटर, १५ थान अक्सिमिटर, स्यानीटाइजर, मास्क लगाएतका स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो । यस्तै  एक थान अक्सिजन कन्सनट्रेटर र पाँच थान अक्सिमिटर नेपाल पत्रकार महासंघ सुदूरपश्चिम शाखालाई सहयोग गरेकी छन् । विश्व महामारीका रुपमा फैलिरहेको कोरोना संग लड्न देश विदेशमा रहेका साथीहरुको सहयोगमा स्वास्थ्य सामाग्री सहयोग गरिएको महासचिव साउँदले बताउनु भयो । ‘हाल कोरोनाका कारण विरामीहरुले अस्पताल भरिएका छन् ।

अस्पतालमा अक्सिजन,अक्सिजन कन्सनट्रेटर लगायतका स्वास्थ्य सामाग्रीको अभावले विरामीहरु ज्यान गुमाइरहेका छन् ।’ महासचिव साउँदले भन्नुभयो ‘उक्त समस्यालाई मध्यनजर गर्दै केही स्वास्थ्य सामाग्री सहयोग गरेकी हु, अझ बढी स्वास्थ्य सामाग्री सहयोग गर्ने योजना थियो तर  बजारमा स्वास्थ्य सामाग्री अभावका कारण गर्न सकिएन ।’ उहाँले अगाडी थप्नुभयो  ‘यद्यपी सुदूरपश्चिमका सबै जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गर्न हामी प्रयास गरिहेका छौ ।’ महासचिव साउँद निरन्तर यस्ता सामाजिक कार्य गर्दै आउनु भएको छ । 


Views: 531