21st June | 2021 | Monday | 1:59:26 PM

सुदूरपश्चिमका पहाडी जिल्लामा सिटामोलको अभाव

एकेन्द्र खत्री   POSTED ON : जेठ २८, २०७८ (७:४७ PM)

सुदूरपश्चिमका पहाडी जिल्लामा सिटामोलको अभाव

 अछाम । सुदूरपश्चिमका पहाडी जिल्लामा सिटामोललगायत अत्यावश्यक औषधि अभाव छ । अत्यधिक माग भए पनि नहुँदा बिरामी सास्ती भोग्न बाध्य छन् । 

औषधि आपूर्ति ठेक्कामा ढिलाइ हुँदा अभाव चर्किएको हो । स्वास्थ्य संस्थामा सिटामोल जस्ता औषधीको मौज्दात निकै कम रहेको स्वास्थ्य कार्यालयहरू बताउँछन् । सङ्कटमा पनि प्रदेश सरकारले भने निःशुल्क औषधिका लागि निकै कम बजेट छुट्टाउने गरेको कारण माग अनुसार औषधिको सहज आपूर्तिमा कठिनाइ भइरहेको छ । 

सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत मात्रै औषधि खरिद र आपूर्ति गर्दा पहाडी जिल्लामा भने औषधि आपूर्तिमा विलम्ब हुने गरेको बताइएको छ । अत्यावश्यक निःशुल्क औषधि खरिदका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश सरकारले १ करोड ७५ लाख मात्रै बजेट विनियोजन गरेको अधिकारीहरूले बताएका छन् । विगत झैँ औषधि खरिदका लागि निश्चित बजेटको व्यवस्था हुनसके जिल्लामा रहेका स्वास्थ्य संस्थामा औषधिको सहज आपूर्ति गर्न सकिने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुङ्गानाले बताउनुभयो । निःशुल्क वितरण गर्ने सरकारी नीति भए पनि सर्वसाधारणले भने सरकारले घोषणा गरे अनुरूप सबै किसिमका निःशुल्क औषधि पाउन सकिरहेका छैनन् ।

 भाइरल ज्वरो र  रुघाखोकी बिरामी बढेका बढ्यै 

अछाममा भाइरल ज्वरो, रुघाखोकी र टाइफाइडलगायत रोगका बिरामी बढेका छन् । तर, औषधि छैन । स्वास्थ्य संस्थाहरूमा दुई सातायता बिरामी बढेका हुन् । दैनिक ६०÷७० जना ज्वरोका बिरामी आए पनि औषधि नहुँदा समस्या भएको जिल्ला अस्पतालका डक्टर हितेश खड्काले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूलाई औषधि उपलब्ध गराउने जिल्ला स्वास्थ्य कार्यालयको आफ्नै पीडा छ । 


Views: 85