बैतडीमा फोनबाटै विद्यार्थी भर्ना

कृष्ण बिष्ट   POSTED ON : असार ५, २०७८ (४:४३ PM)

बैतडीमा फोनबाटै विद्यार्थी भर्ना

बैतडी । देशैभर असार एक गते देखि भर्ना अभियान सुरु भइरहेका बेला बैतडीमा पनि भर्ना कार्यक्रम सुरु भएको छ । कक्षा १ देखि ९ सम्मका बिद्यार्थीहरुको भर्ना सुरु भइरहेको हो । 

कोरोनाका कारण वार्षिक परिक्षा नभएपछि आन्तरीक मुल्याकंनबाटै परिक्षाफल प्रकाशित गरिएकाने थियो । भौतीक उपस्थिती पनि नगराएरै परिक्षाफल प्रकाशित गरिएपछि भर्ना अभियानमा पनि नया  नियम लागु गरिएको छ । 

तह पास गरेका बिद्यार्थीहरुको भर्नाको लागि सम्बन्धित बिद्यालयका प्र.अ. बिचको कुराकानीको आधारमा भर्ना गरिरहेका हुन । कक्षा ५ र ८ पास भइसकेपछि अर्काे बिद्यालयमा भर्ना गर्दा बिना मार्कसीट तथा सटिफीकेट भर्ना भइरहेको छ । कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै एक बिद्यालयका प्र.अ.ले अर्काे बिद्यालयका प्र.अ. सँग फोन सम्पर्क गरी भर्ना लिइरहेको शिक्षा विकास तथा समुन्वय इकाई बैतडीका सुचना अधिकारी पुस्कर सर्माले जानकारी दिनुभयो । कक्षा ५ सम्म वा कक्षा ८ सम्म पढाई हुने बिद्यालयका बिद्यार्थीहरुले अर्काे बिद्यालयमा जानु पर्ने भएकाले यो नियम लागु गरिएको हो । “एक बिद्यालयबाट अर्काे बिद्यालय जान सकिदैन ।, त्यसैले अहिले तत्कालको लागी फोनबाटै भर्ना लिने गरेका छौ । उहाले भन्नुभयो, अवस्था समानय भएपछि आवस्यक कागजात मगाइनेगरी भर्ना धमाधम भइरहेको छ ।” 

भौतीक उपस्थितीमा बिद्यार्थीहरु बिद्यालयमा भर्ना नहुने भएकाले अर्काे बिद्यालयमा भर्ना हुन गएका बिद्यार्थीलाई भर्ना गर्न फोन सम्पर्क गरीरहेको शंकर सस्कृत मा.वी. मुलखाटालीका प्रद्यानाध्यापक राम बहादुर बिष्टले बताउनुभयो । 

सबै बिद्यार्थीहरुले मार्कसीत तथा सर्टिफिकेट नल्याएको अवस्थामा सम्बन्धित बिद्यालयका प्र.अ. सँग कुरा गरेर मात्रै भर्ना लिइरहको उहाले बताउनुभयो । “टोल अनुसारका बिद्यार्थीहरुलाई  पालैपालो भर्ना लिइरहेका छौ, आवस्यक कागजात नलिएमा सम्बन्धित बिद्यालयका प्र.अ. सँग कुरा गरेर यकिनन गरिरहेका छौ, स्वास्थ्यका मापदण्ड पालना गरेर भर्ना लिइरहेको छ ।” उहाँले भन्नुभयो ।

कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै कसरी पठनपाठन गर्ने बिषयमा पनि छलफल भइरहेको पाटन ९ स्थित सिद्धेस्वर मा.वि.ले जनाएको छ । “गत वर्ष पनि टोल शिक्षा तथा टेली शिक्षा जस्ता बैकल्पीक शिक्षणसिकाई क्रियाकलाप अबलम्बन गरेका हौ, बिद्यालय ब्यवस्थापनस मिमितिका अध्यक्ष प्रेम भाटले भन्नुभयो, यस वर्षको पनि अवस्था हेरेर पढाई सञ्चालन गर्ने सोचमा छौ ।”

तस्बिर ः सिद्धेस्वर माविका शिक्षक तथा विब्यसका पदाधिकारी छलफल गर्दै 


Views: 93

Top