अवरुद्ध महाकाली राजमार्ग खुल्यो

  POSTED ON : असार ६, २०७८ (३:०६ PM)

अवरुद्ध महाकाली राजमार्ग खुल्यो

बैतडी । छुट्टाछुट्टै दुई ठाउँमा पहिरा खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ ।  राजमार्गको जिल्लाको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सुर्नया गाउँपालिका–३ धरमघर र दोगडाकेदार गाउँपालिका–५ ढिकगाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।  

धरमघरमा आज दिउँसो १ः०० बजे र ढिकगाडमा बिहान साढे ८ः०० बजेदेखि सडक  सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन बिष्टले जानकारी दिनुभयो । पहिराले ढिकगाडमा गए राति १ः०० देखि र धरमघरमा बिहान ८ः०० बजेदेखि  सडक अवरुद्ध भएको थियो ।  

अहिलेलाई राजमार्ग सञ्चालनमा ल्याइएको भए पनि लगातार रुपमा वर्षा भइरहेकाले ती स्थानमा अझै पहिराको जोखिम कायमै रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोति बमले जानकारी दिनुभयो  । यसअघि शनिबार अपराह्न पनि धरमघरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकामा करीब दुई घण्टापछि खुलेको थियो ।  


Views: 110

Top