चौरपाटी गाउँपालिकाका १२ सय घरमाखानेपानीको पहुँच

एकेन्द्र खत्री   POSTED ON : श्रावण १२, २०७८ (१:०६ PM)

चौरपाटी गाउँपालिकाका १२ सय घरमाखानेपानीको पहुँच

अछाम । अछामको चौरपाटी गाउँपालिकाका सबै घरमाखानेपानीको सुविधा पु¥याउने योजनाको तीव्र गतिमानिर्माण कार्य चलिरहेको छ । महत्त्वाकाङ्क्षी योजनाको रूपमा सञ्चालित एक घर, एक धारा कार्यक्रमअन्तर्गतको योजनाबाट स्थानीयउत्साहित छन् । चौरपाटी गाउँपालिकाका स्थानीयलामो समयदेखि कुवाधाउँथे । पानीजोहो गर्दैमाबिहानबित्थ्यो । सबैभन्दा ठुलो सास्ती गृहिणीले व्यहोर्थे अनिविद्यार्थीले पनि । अहिले गाउँपालिकाकाविभिन्न वडामा खानेपानीको एक घर, एक धारा कार्यक्रम सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ । चौरपाटी गाउँपालिका वडा नम्बर १ मा २ सय ४६ घरधुरीमाखाने पानिकाधारा निर्माण गरिएका छन् । वडा नम्बर १ मा गैरिलेख खानेपानी योजनाअन्तर्गत ६ लाख ६० हजारको लगानीमा ५० घरधुरीमाखानेपानिकाधारा निमाण गरिएका छन् । यस्तै फुवाखोलाखानेपानी योजनाअन्तर्गत १९ लाखको लागतमा ४९ वटा घरधुरीमाधारा निर्माण, मटेनाखानेपानी योजनाअन्तर्गत १२ लाखको लगानीमा २५ वटा धारा निर्माण, भिमढुंगा खानेपानी योजनाअन्तर्गत २८ लाखको लागतमा ३६ वटा खानेपानिकाधारा निर्माण र चौरपाटी पाले तोलाखानेपानी योजनाअन्तर्गत ४२ लाखलागतमा ८६ वटा धारा निर्माण गरिएकाहुन् । वडा नम्बर १ मा १ करोड ७लाख ६० हजारको लागतमाजम्मा २ सय ४६ वटा धारा निर्माण गरिएका छन् । यस्तै वडा नम्बर २ मा बड्डीमाडो खानेपानी योजनाअन्तर्गत ७लाख ५० हजारको लागतमा १२ वटा धारा निर्माण गरिएका छन् भने शोकट बृहत् खानेपानी योजनाअन्तर्गत ६५ लाखको सङ्घीय सरकारको समपूरक अनुदान सहयोगमा १ सय ७० वटा धारा निर्माण गरिएकागाउँपालिकाकाप्रमुखप्रशासकीयअधिकृत धनबहादुर थापाले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । वडा नम्बर २ मा७२ लाख ५० हजार को लागतमा १ सय ८२ वटा धारा निर्माण गरिएका छन् ।

वडा नम्बर २ माधारा निर्माणको कामजारी छ । यसैबिच वडा नम्बर ४ माकाली गाडी बुढा खोलाखानेपानी योजनाअन्तर्गत १ करोड २९ लाखको लागतमा २ सय ८५ धारा निर्माण गरिएका छन् । जसमाच्ख्ध्च्ःए को पनि सहयोग रहेको छ । यस्तै बडेदा खानेपानी योजनाअन्तर्गत १४ लाखको लागतमा २९ वटा धारा निर्माण गरिएका छन् भने मदाने खानेपानी योजनाअन्तर्गत २८ लाखको लागतमा ४८ वटा खानेपानिकाधारा निर्माण गरिएका छन् । जस अन्तर्गत वडा नम्बर ४ मा १ करोड ७१ लाखको लागतमा ३ सय ६२ वटा धारा निर्माण गरिएका छन् ।

यसैबिच वडा नम्बर ७मा ऐरीमुलखानेपानी योजनाअन्तर्गत २ करोड १२ लाखको लागतमा ४ सय ९ खानेपानिकाधारा निर्माण गरिएका छन् । कार्यक्रम सञ्चालनभएदेखि हालसम्मचौरपाटी गाउँपालिकामा ५ करोड ६३ लाख १० हजारको लागतमा १हजार १ सय ९९ वटाखानेपानिकाधारा निर्माण भएका छन् । भने अन्य वडामा अहिले पनिधारा निर्माणको कामचलिरहेको छ । चौरपाटी गाउँपालिकामा एक घर एक धारा निर्माण कार्यक्रमअन्तर्गत अन्य वडामा पनिकाम सञ्चालनमा रहेको गाउँपालिकाप्रमुखप्रशासकीयअधिकृत धनबहादुर थापाले जानकारी दिनुभयो । सङ्घीय सरकारको बृहत् मुङग्राँखानेपानी योजनाको कामपनि टेन्डर प्रक्रियामार्फत सञ्चालनभइरहेको छ । अबको केहीवर्षमागाउँपालिकाका सबै घरमा सफाखानेपानिकाधारा निर्माण गर्ने गाउँपालिको लक्ष्य रहेको छ । 



Top