बोनम्यारो रोगबाट पीडित शाहलाई १ लाख बढी आर्थिक सहयोग

एकेन्द्र खत्री   POSTED ON : श्रावण १२, २०७८ (१:३३ PM)

बोनम्यारो रोगबाट पीडित शाहलाई १ लाख बढी आर्थिक सहयोग

अछाम । बोनम्यारो रोगबाट पीडित लालबहादुर शाह बचाउअभियान अन्तर्गत सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ । चौरपाटी गाउँपालिका वडा १ पातलका लालबहादुर शाह बचाउन भन्दै आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको थियो । अभियानबाट सङ्कलित रकम उनको घरमै पुगेर १ लाख २३ हजार रकम हस्तान्तरण गरिएको हो । चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकट निवासी समाजसेवी धर्मबहादुर साउदको नेतृत्वमा लालबहादुर शाह बचाउ अभियान सञ्चालन गरिएको थियो । विभिन्न समाज सेवी र विभिन्न समाजसेवा संस्थाबाट उनको उपचारको लागि आर्थिक सङ्कलन भएको थियो । विगत २ वर्ष देखि पीडित शाह काठमाडौँको सिभिल अस्पतालमा उपचाररत हुनुहुन्छ ।बोन म्यारो रोग पीडित लालबहादुर शाह बचाउ अभियानमा विभिन्न ठाउँबाट आर्थिक सहयोग भइरहेको छ । नेपाली एकता समाज भारतका सदस्य एब रामनगर एरिया अध्यक्ष विकास साउदले भारतबाट अभियान सञ्चालन गरिरहनु भएको छ । भने नेपालमा धर्मबहादुर साउदले अभियान सङ्कलन गरिरहनु भएको छ । लालबहादुर शाह बचाउन सहयोग गर्न चाहनेले बोन म्यारो पीडित शाहको नाममा रहेको सेन्चुरी बैङ्क को खाता न १२२००००८१२५ र एभरेस्ट बैङ्क को खाता नम्बर ०११००५१२२००४१८ मा जम्मागर्न सकिने छ ।


Top