जुम्लामा लक्ष्यभन्दा बढी राजश्व संकलन

विजय रावत   POSTED ON : श्रावण १४, २०७८ (३:१३ PM)

जुम्लामा लक्ष्यभन्दा बढी राजश्व संकलन

जुम्ला । आन्तरिक राजश्व कार्यालय जुम्लाले आर्थिक वर्ष २०७७/०७८ मा राजश्व संकलन लक्ष्य भन्दा बढी सात करोड राजश्व संकलन गरेको छ । सो कार्यालयले कोरोना कहरका बीच पनि राजश्व संकलन उत्साहजनक रुपमा भएको कर अधिकृत यूवराज बस्नेतले बताउनुभयो । 

उहाँले भन्नुभयो,“कार्यालयले विभिन्न शिर्षकमा आव २०७७/०७८ मा ३२ करोड ९८ लाख ९८ हजार राजश्व संकलन भएको छ । लक्ष्य भन्दा सात करोड अर्थात २९ प्रतिशत बढी राजश्व संकलन कार्यालयले गरेको छ  । यो रेर्कड गएका आर्थिक वर्षयताकै यता सबैभन्दा बढी राजश्व संकलन भएको कर अधिकृत बस्नेतले भन्नुभयो,“आव २०७७÷०७८ वार्षिक राजश्व संकलनका लक्ष्य २५ करोड ५४ लाख ४३ हजार थियो । कोभिडका कारणले लक्ष्य अनुसार राजश्व संकलनमा कमी आउने भन्नेमा कार्यालयले सोचेको थियो तर तेस्रो भएनन् । चौमासिक यता राजश्व संकलनमा उल्लेखीय रुपमा बृद्धिभई लक्ष्य भन्दा २९ प्रतिशत अर्थात सात करोड बढी राजश्व उठेको कर अधिकृत बस्नेतले बताउनुभयो । ”

आन्तरिक कर परिक्षण तथा अनुसन्धानलाई बढाउँदा र करको दायरालाई विस्तार संगै गाउँगाउँमा करशिक्षा दिएकै कारण लक्ष्यभन्दा बढी राजश्व संकलन भएको आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ । सरकारी ठेक्का पठ्ठाको मुल्यअभिबृद्धि कर भुक्तानी गर्दा भएको मुअ कर गएको जेठ १५ सम्म ५० प्रतिशत र जेठ १५ पछि ३० प्रतिशत रकम दाखिला गर्दा राजश्व संकलन ह्वात्तै बढेको कार्यालयले जनाएको छ । 

बितेको आर्थिक वर्षमा जुम्लामा २ हजार १ सय ५१ जना करदाता थपिएका छन् । जसमा भ्याटतर्फ १ सय ८६ जना, आयकरतर्फ १८ सय ६१ ज्ना र अन्तशुल्क तर्फ २ सय ३१ गरी २ हजार १ सय ५१ ज्ना थपिएका हुन् । आन्तरिक राजश्व कार्यालयको तथ्यांक अनुसार हालसम्म जुम्लामा कुल ११ हजार ८ सय ८३ जना करदाता रहेका छनु । जसमा सबैभन्दा बढी आयकरमा ११ हजार २५ जना छन् भने, भ्याटमा १ हजार २ सय ७५ र अन्तशुल्कमा ४ सय ८० जना रहेका आन्तरिक राजश्व कार्यालय जुम्लाले जनाएको छ ।  


Top