नियम विपरीत सञ्चालन गरिएका व्यवसाय बन्द गर्न निर्देशन

एकेन्द्र खत्री   POSTED ON : श्रावण १५, २०७८ (७:२० PM)

नियम विपरीत सञ्चालन गरिएका व्यवसाय बन्द गर्न निर्देशन

 अछाम । मंगलसेन नगरपालिकाले बजार क्षेत्रमा सञ्चालन भइरहेको कृर्षी तथा पशुजन्य बस्तुको बिक्री वितरण ब्यवबस्थापन गर्न आग्रह गरेको छ । 

पछिल्लो समयमा बजारको विभिन्न स्थानमा नगरपालिकाले ताकेको नियम विपरीत कृर्षी तथा पशुजन्य बस्तुको बिक्री वितरण हुँदै आएको छ । नगरले स्थापना गरेको हाट बजार भन्दा बाहिर गएर केही व्यापारीले अव्यवस्थित रूपमा व्यापार गरेको पाइन्छ । 

नियम विपरीत कृर्षी तथा पशुजन्य बस्तुको बिक्री वितरण हुँदै आएको जनगुनासो बढेका बेला नगरपालिकाले आज एक सूचना जारी गर्दै ३ दिन भित्र बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाले सञ्चालन गरेको कृर्षी तथा पशुजन्य बस्तु सङ्कलन तथा बिक्री वितरण केन्द्रबाट मात्र व्यवसाय सञ्चालन गर्न भनिएको छ ।

 तीन दिन भित्र आफ्नो व्यवसाय बन्द वा नियम अनुसार सञ्चालन नगरे स्थानीय सरकार सञ्चालन ऐन २०७५ र कृर्षी तथा पशुजन्य बस्तु सङ्कलन तथा बिक्री वितरण केन्द्र एवम् हाटबजार सञ्चालन व्यवस्थापन कार्यविधि २०७६ तथा अन्य प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिइएको छ । हिमालय टाइम्ससंग कुराकानी गर्दै प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले विगतका दिनमा पनि नियम विपरीत व्यापार गर्ने व्यापारीलाई कारबाही गरिएको भए पनि पछिल्लो पटक फेरी नगरपालिकाको नियम विपरीत व्यापार व्यवसाय गर्नेको सङ्ख्या बढेकोले ३ दिन भित्र व्यवसाय बन्द गर्न निर्देशन दिइएको बताउनु भयो ।


Top