बैँकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ७५ लाख बढी रकम फिर्ता

अधिकृत थापा भन्छन्, ‘सेवाग्राही जिम्मेवार हुनुपर्छ’

एकेन्द्र खत्री   POSTED ON : श्रावण १९, २०७८ (२:५८ PM)

बैँकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ७५ लाख बढी रकम फिर्ता

अछाम । बैँकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अछामको चौरपाटी गाउँपालिकामा ७५ लाख बढी रकम फिर्ता गएको छ । आर्थिक बर्ष २०७७/०७८ को पहिलो चौमासिकबाट सामाजिक सुरक्षा भत्ता बैँकिङ्ग प्रणाली मार्फत वितरण सुरु गरिएको थियो । 

गाउँपालिकामा ७ हजार ८ जना लाभग्राही रहेकोमा १ हजार ४ सय लाभग्राहीले खाता नखोले पछी रकम फिर्ता गएको गाउँपालिकाले जानकारी दिइएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन तथा गाउँपालिकाको समन्वयमा आर्थिक बर्ष २०७७/०७८ मा बैँकिङ्ग प्रणाली मार्फत भत्ता वितरण हुदाँ ठुलो रकम फिर्ता गएको हो । गाउँपालिकाले पटक पटक खाता खोल्न सुचना प्रकाशन गरे पनि वडा तथा गाउँपालिकाको कार्यालयको सम्पर्कमा नआए पछी सामाजिक सुरक्षा भत्ता फिर्ता पठाएको प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले हिमालय टाइम्ससंग बताउनु भयो । 

सामाजिक सुरक्षा भत्ताको लागि खाता खोल्न नआउने सुचीमा अधिंकाश वालवालिकाको नाम रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत थापाले जानकारी दिनु भयो । पटक पटक खाता खोल्न आग्रह गर्दा पनि लाभग्राहीले नै चासो नदेखाउँदा सामाजिक सुरक्षा भत्ताको रकम फिर्ता भएको उहाँको भनाई छ । समयमै मृत्यु दर्ता नहुने गरेको, दोहोरो दर्ता, लाभग्राही उपस्थिती विना घरको अन्य सदस्यले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाईएकोले सामाजिक सुरक्षा बैँकिङ्ग प्रणाली मार्फत भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गत आर्थिक बर्ष २०७७/०७८ मा पहिलो चौमासिक ३ करोड ३५ लाख २७ हजार ५ सय ६८ रुपैया सामाजिक सुरक्षा वापत भुक्तानी भएको थियो । 

यस्तै दोस्रो चौमासिकमा ३ करोड ३० लाख ४४ हजार ६ सय २३ रुपैया भुक्तानी भएको थियो । गाउँपालिकाले तेस्रो चौमासिकमा ३ करोड ३० लाख ४४ हजार ६ सय २३ गरी ९ करोड ९६ लाख १६ हजार ८ सय १४ रुपैया सामाजिक सुरक्षा वापत भुक्तानी गरेको थियो । गत आर्थिक बर्षमा बैँकिङ्ग प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरणमा कोराना भाईरस कोभिड १९ का कारण लाभग्राहीमा केहि समस्या भए पनि आगामी आर्थिक बर्ष २०७८÷०७९ मा सहजता हुने प्रमुख प्रशासकिय अधिकृत थापाले बताउनु भयो । 

 

Top