बझाङ सदरमुकाम जोड्ने सुर्मा सडकखण्ड अबरुद्ध

सत्यराज सिंह   POSTED ON : श्रावण २०, २०७८ (१०:०७ AM)

बझाङ सदरमुकाम जोड्ने सुर्मा सडकखण्ड अबरुद्ध

बझाङ । गएराति बझाङको बाहुलि खोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अबरुद्ध भएको छ । सदरमुकाम बाट सुर्मा गाउँपालिकालाई जोड्ने उतm सडकखण्ड बाहुली खोलामा आएको बाढीले बगाएपछी अबरुद्ध बनेको हो ।

सुर्मा गाउँपालिका –२ धौलो पैरामा पहिरो जादा सुर्मा सडकखण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी कमल चौधरीले बताउनुभयो । पहिरोले केकति क्षेति भएको हो । बुझ विस्तार गर्नको लागि  अहिले जिल्ला प्रहरी कार्यालय बझाङबाट टोली पहिरो गएको स्थानमा गएको र अहिले टोली सोहि ठाउँमा नपुगेका कारण क्षेतिको विवरण आउन बाँकि रहेको समेत सुचना अधिकारी चौधरीले जानकारी दिनुभयो । बर्षायाम भएकाले जिल्लाका दर्जनौ गाउँहरु पहिरोको उच्च जोखिममा रहेकाले सबैलाई सर्तक रहन समेत सुचना अधिकारी चौधरीले आग्रह गर्नुभएको छ । 

सोहि पहिरोका कारण सुर्मा गाउँपालिका –२ को सेनडोगडी विधुत प्रा.ली. को पावर हाउस पनि जोखिममा रहेको छ ।


Top