बालिका बलात्कार आरोपमा २ जना पक्राउ

एकेन्द्र खत्री   POSTED ON : भदौ ९, २०७८ (५:१५ PM)

बालिका बलात्कार आरोपमा २ जना पक्राउ

अछाम । अछाममा बालिका बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका २ जना युवक बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ का अन्दाजी २४ वर्षीय जनक बटाला र सोही ठाउँका अन्दाजी २५ वर्षीय महेन्द्र रावल रहेका छन् । यही भाद्र ५ गते विनायक बजारबाट घर पु¥याइदिन्छु भन्दै मोटरसाइकलमा लगी दुवै युवकले बलात्कार गरेको बालिकाको आरोप छ । बालिकाको उजुरी पश्चात् दुवै युवकलाई प्रहरीले सोही दिन राती नै नियन्त्रणमा लिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ ।


Top