शहरी खानेपानी आयोजना निर्माणमा ढिलाई

सत्यराज सिंह   POSTED ON : भदौ १२, २०७८ (१:१० PM)

शहरी खानेपानी आयोजना निर्माणमा ढिलाई

बझाङ । जयपृथ्वी नगरपालिका भोपुर घर भएका महादेव जोशीले घरैमै पानीको धारा बन्ने भए किन पैसा नदिने भन्दै चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितीलाई पैसा तिरेको ३ बर्ष जति हुन थाल्यो । उहाँले भन्नुभयो, ‘म संग पैसा थिएन । त्यहि पनि पहिलो पटक छोरीले बुझेको तलब बाट भए पनि १० हजार रुपैयाँ तिरे तर अहिले सम्म धारामा पानी आएको छैन् । धारामा पानी आएर कहिले खान पाईन्छ । थाहा छैन् ।’

त्यस्तै जयपृथ्वी नगरपालिका ९ देवल घर भएकी टिटा मगर धामीले पनि आयोजना लागु भएको बर्षमा १० हजार रुपैयाँ तिरेको करिब ४ बर्ष जति हुन लाग्यो । उहाँ मात्रै नभएर त्यो टोलका धेरै मानिस हरुले पैसा तिरेको धेरै भयो । पानी आएको छैन् । सेतो पाइप मात्र विछ्याएको छ । त्यस तर्फ ध्यान कसैको गएको छैन् 

२०१९ अप्रिल ७ देखी काम गर्ने जिम्मा पाएको आशिष जेभि ग्वाँल्लेक निर्माण सेवाले जयपृथ्वी नगरपालिका ११ भोपुरमा काम सुरु गर्ने गरी सहरी खानेपानी तथा सरसफाई आयोजना क्षेत्रिय कार्यालय नेपालगञ्ज संग २२ करोड ९२ लाखसम्झौता गरेको थियो । 

करिब १८ महिना भित्र काम सम्पन्न गर्नेे भए पनि हाल सम्म ७५ प्रतिशत मात्रै काम सकेको साथै  भारत र चिनबाट समेत सामान ल्याउनु पर्ने भएकाले र लकडाउनका कारणले समेत ढिलाई भएको जेभी कन्टक्सनका परामर्शदाता मकर बहादुर स्वाँरले बताउनुभयो । ‘दशै भित्र समुदायस्तरमा पानी वितरण गर्ने तरिकाले समेत काम भैरहेको चैनपुरका लागी ४ लाख ५० हजार लिटर, भोपुर बस्तिका लागी ५० हजार लिटर, देवल रिठापाठाका लागी १ लाख लिटर पानी अट्ने क्षमता रहेको जसले करिब ११ सय ६५ घरधुरीलाई पानी उपलब्ध गराउने  छ । 

चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिती अध्यक्ष लोकेन्द्र विष्टले योजना निर्माण प्रकृया ढिलाई भएको र पटक पटक म्याद थप गर्नु परेको समेत बताउनु भयो । उहाँले भन्नुभयो,‘आयोजना निर्माणस्थलमा सेती नदीमा आएको बाढीका कारणले आयोजना निर्माणमा ढिलाई हुन गएको हो ।’

उक्त परियोजना निर्माणका लागी जसमा एसियन डिभ्लोमेन्ट बैङ्क र नेपाल सरकारको ७० प्रतिशत र नगरविकास कोष र उपभोक्ताहरुको ३० प्रतिशत रहेको छ । 

जयपृथ्वी नगरपालिकाले पनि म्याचिङ स्वरुप ४५ लाख रुपैयाँ सहयोग गरेको र सुरुको अवस्थामा पनि सेती नदीको छालमा आयोजना बनाउनु नै गलत भएको तथा अहिले सेती नदीको बाढीका कारणले निर्माणमा समेत ढिलाई गरेको जयपृथ्वी नगरपालिकाकी उपमेयर जुना जाग्रीले बताउनुभयो । आफुले आयोजनाको निर्माण कार्य सुरु हुन अघि नै सेती नदीको छालमा नबनाउन आग्रह गरे पनि कसैले आफ्नो कुरा नसुनेको जाग्रीको भनाई छ । 



Top