फेडोको दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

गोविन्द बीसी   POSTED ON : भदौ २२, २०७८ (१०:३७ AM)

फेडोको दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

टीकापुर । दलित महिला संघ (फेडो)  कैलालीको आयोजनामा सञ्चालित दुईदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका अन्तर्गतका ६ वटै वडामा रहेका समुदायका दलित तथा सीमान्तकृत महिलाहरुका लागि कानूनी साक्षरतासम्बन्धी तालिम दिइएको हो । 

समूहमा आबद्ध दलित महिला प्रतिनिधिको सहभागितामा भदौ २० र २१ गते दुईदिनसम्म भएको तालिममा २५ जना अगुवा दलित महिलाको सहभागिता रहेकोे थियो । सामाजिक विभेद, महिला हिंसा अन्त्य र न्यूनीकरणका क्षेत्रमा कार्य गर्दै आएको गैरसरकारी संस्था दलित महिला संघ ९फेडो० ले दलित महिलाहरुको क्षमता अभिवृद्धि, कानूनी साक्षरता र सबलिकरणका लागि तालिम प्रदान गरिएको जनाएको छ । 

‘समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद’ भन्ने मूल नारासहित सञ्चालित तालिमको सहजीकरण अधिवक्ता गणेश कडायतले गर्नुभएको थियो । 

दलित महिला तथा बालबालिकामाथि समुदायस्तरमा हुने जातीय, लैङ्गिक, शारीरिक विभेद, घरेलु हिंसा र विवाद समाधान कसरी गर्न सकिन्छरु न्यायिक तथा अर्धन्यायिक निकायहरु केके हुन्, नेपालमा वर्तमान अवस्थामा के कस्ता कानूनी तथा संवैधानिक व्यवस्था छन्, न्याय र कानूनका सिद्धान्त, महिलासंग सम्बन्धित कानूनी व्यवस्थाहरु, मानव अधिकार तथा अन्य अपमानजनक दुर्व्यावहार र सामाजिक मेलमिलापका विषयमा प्रशिक्षण दिइएको अधिवक्ता कडायतले बताउनुभयो । त्यस्तै, महिला हिंसा अन्त्य तथा न्यूनीकरण, न्यायमा समन्वय, पहुँच र विवाद समाधानका संयन्त्रका विषयमा समेत अभिमुखिकरण गरिएको उहाँले बताउनुभयो । तालिममा उत्पीडित दलित समुदायका महिलाहरुलाई कानूनी साक्षरता र सबलीकरणमा जोड दिइएको फेडो कैलालीका जिल्ला संयोजक विनोदकुमार घिमिरेले बताउनुभयो ।

सामाजिक रूपमा दलित महिलामाथि हुने छुवाछुत, अन्तरजातीय विवाह, गरीबी, अशिक्षा, चेतनाको कमीका कारण समाजमा हिंसाका घटना हुने गरेको उहाँको भनाइ छ । दलित महिला संघ ९फेडो० बर्दगोरियाकी सामाजिक परिचालिका बालकुमारी सुनारले दलित महिला अरुभन्दा बढी हिंसामा परिरहेको बताउँदै न्याय निरुपण गर्ने निकायबाट समेत विभेद अन्त्यका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

‘कतिपय अवस्थामा पहुँचका आधारमा न्याय दिने चलन  देखिन्छ । कमजोर आर्थिक अवस्था र पहुँच नहुँदा न्यायमा समेत विभेद हुने गरेको छ, उहाँले भन्नुभयो । यसको अन्त्य र आधारभूत कानूनी मान्यताका सम्बन्धमा जानकारी दिन तालिम उपयुक्त र प्रभावकारी भएको छ ।’ समुदायमा दलित महिलामाथिको विभेद र छुवाछुतबारे सरोकारवाला निकायले सचेतना अभियानमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

Top