सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका थप दुई जना मन्त्री नियुक्त

हिमालय टाइम्स   POSTED ON : आश्विन १, २०७८ (७:४४ PM)

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका थप दुई जना मन्त्री नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट थप दुई जना मन्त्री नियुक्त हुनु भएको छ । 

शुक्रबार बेलुका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्नुभएको सांसद तारालामा तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले सपथ गराउनु भयो ।

यस्तै अर्थ राज्यमन्त्री नियुक्त हुनु् भएको माया तामाङ बोहरालाई मुख्यमन्त्री भट्टले सपथ खुवाउनु भएको छ । 

भदौ २२ मा आर्थिक मामिला तथा योजना मन्त्रीबाट प्रकाशबहादुर शाहले र अर्थ राज्यमन्त्रीबाट अर्चना गहतराजले राजीनामा दिएपछि शुक्रबार नै दुई जनालाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदमा नियुक्त गर्नुभएको हो । 

सुदूूरपश्चिम प्रदेश सरकारलाई नेकपा एकीकृत समाजवादीका १४ र माओवादी केन्द्रका १३ सांसदको समर्थन छ ।

सुदूूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ ।


Top