बोलेरो दुर्घटनामा ४ जनाको मृत्यु, १४ जना घाइते

एकेन्द्र खत्री   POSTED ON : आश्विन २५, २०७८ (१०:१२ AM)

बोलेरो दुर्घटनामा  ४ जनाको मृत्यु, १४ जना घाइते

अछाम । अछाममा जन्तीगएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको पंचदेवलबिनायकनगरपालिका १ कुईकामाआइतबार रातिभएको सो दुर्घटनामा  १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा पंचदेवलबिनायकनगरपालिका २ का १४ वर्षीय जीवनन्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७वर्षीय जीवन जैसी रहेको जिल्लाप्रहरी कार्यालय अछामले जनाएको छ । यस्तै वडा नम्बर ३ कै हिमालनेपालीको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्लाप्रहरी कार्यालयकाप्रमुख डीएसपी तुल्सिरामअर्यालकाअनुसार घाइते १४ जनामध्ये ११ जनाको जिल्ला अस्पताल, एक जनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ भने २ जनालाई नेपालगन्जलगिएको छ।से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । जिपखस्नुको कारण बारे अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ ।


Top