एकीकृत समाजवादी बझाङको इन्चार्जमा सिंह

सत्यराज सिंह   POSTED ON : आश्विन ३०, २०७८ (३:५० PM)

एकीकृत समाजवादी बझाङको इन्चार्जमा सिंह

बझाङ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले बझाङ जिल्लाको इन्चार्जमा दिल बहादुर सिंहलाई तोकेको छ ।

 सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा एकीकृत समाजवादीले जिल्ला इन्चार्जमा पुर्णता पाएको छ । बझाङमा दिलबहादुर सिंह, दार्चुलामा नरेन्द्र बिष्ट, बैतडीमा परमानन्द भट्ट, डडेल्धुरामा नरबहादुर बिष्ट, कञ्चनपुरमा लालबहादुर खड्कालाई इञ्चार्ज तोकिएको छ । 

यस्तै कैलालीमा दीर्घ सोडारी डोटीमा हर्कबहादुर सिंह, अछाममा शेरबहादुर कुँवर र बाजुरामा हिक्मत जङ्ग शाहीलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ ।



Top