पहिरामा परी मृत्यु, फोन नेटवर्क र विद्युतसमेत अवरुद्ध हुँदा क्षतिको यकिन विवरण आउन सकेन

हिमालय टाइम्स   POSTED ON : कार्तिक २, २०७८ (३:०२ PM)

पहिरामा परी मृत्यु, फोन नेटवर्क र विद्युतसमेत अवरुद्ध हुँदा क्षतिको यकिन विवरण आउन सकेन

डडेल्धुरा । घरमाथिबाट आएको पहिरामा पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रातिदेखि निरन्तर आएको वर्षाका कारण घरमाथिबाट गएको पहिरामा पुरिएर अवस्थीको ज्यान गएको हो  । जिल्लामा फोन नेटवर्क र विद्युत्समेत अवरुद्ध हुँदा अन्य क्षतिका बारेमा यकिन गर्न सकिएको छैन ।

यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरामा परी दुईजना घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । नदी र तटीय क्षेत्रहरुमा निरन्तरको वर्षाका कारण बाढी पनि बढेकाले उच्च जोखिम रहेको हँुदा सतर्कता अपनाउन सबैलाई जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ । 

वर्षा अन्य वर्षको तुलनामा धेरै भइरहेको छ , जोखिम पनि त्यतिकै छ, बाढी पहिराबाट हुन सक्ने क्षति रोक्न आफँै चनाखो भई सचेत रहन आग्रह गरिएको प्रजिअ मोहनराज जोशीले जानकारी दिनुभयो ।


Top