बझाङका बाढी पिडितको हेलिकोप्टरबाट उद्धारको तयारी

सत्यराज सिंह   POSTED ON : कार्तिक ३, २०७८ (९:३७ AM)

बझाङका बाढी पिडितको हेलिकोप्टरबाट उद्धारको तयारी

बझाङ । बुधबार बझाङ र बैतडीका बाढीपहिरो पीडितको उद्धारका लागि हेलिकोप्टर पठाइने तयारी गरिएको छ । बझाङको थलारा गाउँपालिकाका बाढी पीडितहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेको सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता पूर्णा जोशीले बताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेकी जोशीले खोज तथा उद्धार गर्नुपर्ने आवश्यक भएका अन्य ठाउँबारे जानकारी गराउन पनि अनुरोध गर्नुभएको छ । एनटीसीको नेटवर्क नभएकाले कुन ठाउँमा कति क्षेती भयो भन्ने जानकारी पाउन भने निकै कठिन भएको छ । 


Top