बझाङमा बाढी : घर भत्किँदा २३ जना बेपत्ता

सत्यराज सिंह   POSTED ON : कार्तिक ३, २०७८ (११:२७ AM)

बझाङमा बाढी : घर भत्किँदा २३ जना बेपत्ता

बझाङ । बझाङमा बाढी, पहिरोले घर भत्किदा २३ जना बेपत्ता भएका छन् । थलारा गाउँपालिका– ४ डिक्लाको सितल भन्ने ठाउँमा आएको पहिरोले घर बगाउदा १९ घर सार्की परिवार र ४ घरपार्की परिवारको क्षती भएको छ । जसमा २३ जना बेपत्ता भएका छन् । जसमा उजली पार्कि, हासु पार्की, आयसु पार्की, हिमा पाकीर्, सिमा पार्की, हर्क सार्की, धनगिरि सार्की, सिता सार्की, प्रभा सार्की, भुमिका सार्की, इस्वरा देवि सार्की, संजिव सार्की, सर्मिला सार्की, सुवास सार्की, विकास सार्की, मिकेस सार्की, मदन सार्की, कलु सार्की, एलिसा सार्की, कम्मा सार्की, सबिना सार्की, सरोज सार्की, सिम्जिबि सार्की बेपत्ता भएको र खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । 

हाल सम्म थलारामा ७ वटा घर पुर्णरुपमा पहिरामा पुरिएका र १ सय ७० वटा घर सोहि पहिरोको जोखिममा परेका छन् । १ सय ७० वटा घरका महिला, बालबालिका र पुरुष गरी जम्मा ३ सय जना गाउँकै त्रिभुवन माध्यामिक विध्यालयमा बसेकोे स्थानियले बताएका छन् । पुरिएका घरमा धनजनको केकती क्षेती भयो भन्ने बारे बुझ्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै जयपृथ्वी नगरपालिका–१ पिमीमा पहिरो जाँदा गाउँनै जोखिममा परेको छ । कसैको घरको पाखोमा क्षेती भएको छ । भने कसैको घरमाथिबाट पानी तथा पहिरो आउदा जोखिममा रहेकाले विध्यालयमा बास बसेका स्थानिय उतम सिंहले बताउनुभयो । उक्त स्थानमा हाल सम्म पनि प्रहरी पुग्न सकेका छैनन् । थलाराका पहिरो पिडितको उदारका लागी नेपाली सेनाको हेलिकप्टर बझाङ पुगेको छ ।

राजमार्ग अवरुद

अविरल बर्षाका कारण बझाङको विभिन्न जिल्ला जोड्ने जयपृथ्वी राजमार्ग पहिरोका कारण अवरुद भएको छ । केदारस्युँ गाउँपालिका–१ नारुगौडा, वित्थडचिर गाउँपालिका –स्थित पैरा र छविसपाथिभेरा गाउँपालिका –१ जालेबगर  लगाएतका ठाउँमा माथिबाट आएको पहिरोले ५० मिटर सडक खण्ड बगाई सेती नदी राजमार्गमा बग्न थालेकाले राजमार्ग पुर्णरुपमा बन्द रहेको र आज मौसम सफा भएकाले खोल्ने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ । 

जिल्लाभरी १ काठे मोटरेवल पुल र २ वटा झोलुङ्गे पुल बगायो

बझाङ जिल्लाभरी सेती नदी तथा सहायक नदी खोलाहरुले १ मोटरेवल पुल र २ वटा झोलुङ्गे पुल बगाएको छ । जयपृथ्वी नगरपालिका–३ मा बग्ने डुङ्गीखोलाले डुङ्गी र मष्टा गाउँपालिका जोड्ने झोलुङ्गे पुल बगाएको छ । थलारा गाउँपालिका – ९ मा रहेको थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिका जोड्ने झोलुङ्गे पुल सेती नदीले बगाएको छ । तलकोट गाउँपालिका रातापानीमा रहेको काठको मोटरेवल पुल सेती नदीको बहाव बढेपछी बगेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

प्रहरी पोष्ट ढुवानमा 

कालंगा नदीको बहाव बढेपछी वित्थडचिर गाउँपालिका – ८ स्थिति बागथलामा रहेको अस्थाई प्रहरी पोष्ट बागथला डुवानमा परेको छ । ७ जना प्रहरी कार्यरथ रहेको अस्थाई प्रहरी पोष्ट बागथलाका प्रहरीहरु केदारस्युँ गाउँपालिका – ४ बागथलामा रहेको शिक्षोदय माध्यामिक विध्यालय बागथलामा बसेको अस्थाई प्रहरी पोष्ट बागथलाले जानकारी दिएको छ । 

विधुत र टेलिफोन सेवा अवरुद 

बझाङमा ४ दिन देखी विधुत सेवा अवरुद हुदाँ संचार माध्याम संचालनमा आउन सकेका छैन् । एनटीसीको नेटवर्क नहुँदा जिल्लामा बाढी, पहिरोको जानकारी लिन कठिन भएको छ । एनसेलको सदरमुकाम बाहेक अन्य ठाउँमा काम गर्न छोडेको छ । त्यस्तै थलारा गाउँपालिका – ९ मा रहेको ५२ किलोवाटको जडारी गाड लघुजलविधुत आयोजनाको पावर हाउस बगाएको छ । त्यस्तै जयपृथ्वी नगरपालिका – १ भण्डार र चिउरीको विचमा रहेको तेलपारि गार्ड लघजलविधुत आयोजनाको पावर हाउस र नहर बगाएको स्थानिय उकेश विष्टले बताउनुभयो । 


Top