बझाङमा सर्यो एमालेको वडा तथा स्थानीय तह अधिवेशन

सत्यराज सिंह   POSTED ON : कार्तिक १०, २०७८ (४:५६ PM)

बझाङमा सर्यो एमालेको वडा तथा स्थानीय तह अधिवेशन

बझाङ । नेपाल (एमाले) को १० औँ महाधिवेशन अन्तर्गत बझाङमा वडा अधिवेशन कार्तिक १२ गते र स्थानीय तह अधिवेशन कात्तिक १५ गते  हुने भनिएपनि अधिवेशन मिति सारिएको छ ।

कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएकाले प्रदेश कमिटिले वडा र स्थानीय तह अधिवेशनको कार्यतालिका सारेको थियो । सोहि अनुसार बझाङ जिल्लामा पनि बाढीपहिरोका कारण जयपृथ्वी राजमार्ग तथा अन्य शाखा सडकहरुमा पहिरो गएर सडक अवरुद भएपछी आवतजावत गर्न समस्या भएकाले वडा अधिवेशन र स्थानीय तह अधिवेशनको मिति सराउनुपरेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष अफिलाल ओखेडाले बताउनुभयो । 

कात्तिक १२ गते हुने वडा अधिवेशन कार्तिक १४ गते र कार्तिक १५ गते हुने स्थानिय तहको अधिवेशन कार्तिक १६ गते सराएको समेत ओखेडाले बताउनुभयो । बझाङमा १० गाउँपालिका, २ नगरपालिका र ९४ वडा रहेका छन् । जिल्लाका सबै वडाहरुमा उत्प्रेरकहरुलाई खटाई सकेकको समेत जानकारी दिएको छ ।


Top