अछाममा बस दुर्घटना : २ जनाको मृत्यु, घाइतेको उद्धार जारी

एकेन्द्र खत्री   POSTED ON : मंसिर १४, २०७८ (५:३८ PM)

अछाममा बस दुर्घटना : २ जनाको मृत्यु, घाइतेको उद्धार जारी

 अछाम । अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । अछाम सदरमुकाम मंगलसैनबाट धनगढीका लागी छुटेको ना ६ ख ८२९ नम्बरको बस मंगलसैन नगरपालिका वडा नम्बर ४ कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी तुल्क्षीराम अर्यालले जानकारी दिनुभयो ।

 उहाँ अनुसार २ जना पुरुषको मृत्यु भएको देखिएको छ । बसमा कति जना सवार थिए भन्ने यकिन छैन । बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशङ्का गरिएको छ । 

घाइतेहरूको उद्धार गरेर जिल्ला अस्पताल र बयालपाटा अस्पता ल लैजाने काम सुरु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


सम्बन्धित सामग्री:

बस दुर्घटनामा आठ घाइते

: माघ १३, २०७८ (९:४१ AM)
Top