सुदूरपश्चिममा कोरोनाको ‘ओमिक्रोन’ भेरियन्टको जोखिम, छैन तयारी

एकेन्द्र खत्री   POSTED ON : मंसिर १५, २०७८ (११:२९ AM)

सुदूरपश्चिममा कोरोनाको ‘ओमिक्रोन’ भेरियन्टको जोखिम, छैन तयारी

अछाम । विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नयाँ भेरियन्ट ओमिक्रोन सुदूरपश्चिममा पनि फैलिने सक्ने खतरा बढेको छ । विगतमा कोरोना भाइरसको महामारी हुँदा देशका अन्यनाकाको तुलनामा सबैभन्दा बढी पश्चिमी सीमानाका भएर आवागमन भएको थियो । सो समयमा सुदरपश्चिमका बिभिन्न सिमानाकाबाट भएर भित्रिनेको संख्या दैनिक हजारौं थियो । अहिले पनिनिर्वाध रुपमा आवागमन भइरहेको छ भने सुरक्षा सतर्कता अपनाइएको छैन । 

भारतमा ’ओमिक्रोन’को संक्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने देखिएको छ । आवागमन निर्वाध भइरहेकाले उक्त भेरियन्ट नेपालमा पनि फैलिन समय नलाग्ने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय का निर्देशक डा. गुणराज अवस्थीले बताउनु भयो । कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि ओमिक्रोन भेरियन्टको संक्रमण हुने चेतावनीचिकित्सको छ । हाल उपलब्ध अधिकांश खोप कोरोनाको स्पाइक जीनलाई नै लक्षित गरेर विकास गरिएका छन् । 

तर खोप लगाएपछि बनेका एन्टिबडीले स्पाइक जीनमा अत्याधिक स्वरूप परिवर्तन भए त्यसको पहिचान गरी निष्क्रिय पार्न सक्ने सम्भावना कम हुनेछ । अर्थात्, खोपको हाल स्थापित प्रभावकारिताको स्तर खस्कन सक्ने सम्भावना रहन्छ । त्यसैले कोरोनाविरुद्धको खोपले पनि काम गर्दैन की भन्ने प्रश्न उब्जिएको हो । 

सुदूरपश्चिममा भने पूर्ण रुपमा खोप लगाउने कार्यसमेत सम्पन्नन भएका कारण झनै संक्रमण फैलिने खतरा छ ।स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पूरा गर्न बेवास्ता भइरहेका बेला ओमिक्रोनको संक्रमण फैलिए नियन्त्रण गर्न थप चुनौती हुने देखिएको छ । सुदूरपश्चिम अस्पतालमा अहिलेसम्म पनि विगतमा खरिद भएका आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्ट सञ्चालन हुन सकेका छैनन् ।


सम्बन्धित सामग्री:

बस दुर्घटनामा आठ घाइते

: माघ १३, २०७८ (९:४१ AM)
Top