यौन चरम आनन्द र दाम्पत्य सम्बन्ध

हिमालय टाइम्स   POSTED ON : श्रावण ६, २०७८ (४:०६ PM)

यौन चरम आनन्द र दाम्पत्य सम्बन्ध

काठमाडौं । यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान र श्रीमती दुबैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । यसमा एक जनाको मात्र इच्छा पनि लाद्नु हुँदैन । दुबै मानसिक र शारीरिक रुपमा तयार भएपछि गरिने यौन क्रिया सही हो ।

सृष्टिलाई चलायमान राख्नका लागि यौनको भूमिका अपरिहार्य छ । यौनमा चरम सन्तुष्ट छ । यो दाम्पत्य सुखको एक तत्व हो । दम्पतीबीचको सम्बन्ध सुमधुर राख्नका लागि यौनले भूमिका खेल्छ । 

यौन सम्बन्ध मानव जीवनको एक अभिन्न र महत्वपूर्ण पाटो हो । यसको अनुभव र ज्ञानद्वारा जीवनलाई सुन्दर र आनन्दित बनाउन सकिन्छ । यौनको माध्यमले जीवनमा कसरी आनन्द लिन सकिन्छ र जीवनलाई कसरी सुन्दरतम बनाउन सकिन्छ भन्ने कुराको ख्याल हुनु पर्दछ । 

मानसिक तनावको अवस्थामा वा कुनै मानसिक समस्या छ भने त्यस्तो बेला यौन सम्पर्कबाट आनन्द लिन सकिदैन । दम्पतिबीचको मनमुटाव,डिप्रेसन, तनाव जस्ता कुनैपनि समस्यामा यौनको रुची नै जाग्दैन । जब यौनमा रुची छैन भने जबरजस्ती यौन क्रिया गर्नुको अर्थ हुँदैन ।

यौन क्रियाकलापको माध्यमबाट खुशी, सन्तुष्टि प्राप्त गर्नुछ भने यौन पूर्व गरिने क्रियाकलापमा ध्यान दिनु आवश्यक छ । यौनसम्पर्क राख्नु अगाडि शारीरिक र मानसिक रुपमा आफू र आफ्नो पार्टनरलाई तयार गर्ने तरिकालाई फोरप्ले भनिन्छ । चुम्बन, मसाज गर्नु, पार्टनरलाई कसेर अंगालोमा बाँध्नु जस्ता सबै कुराले तपाईंलाई यौनका लागि तयार गर्न र चरम सुख प्राप्त गर्नका लागि सहयोग पु¥याउँछ । 

सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले तपाइँको यौन जीवन राम्रो बनाइदिन सक्छन् । तर के कुनै खास खानेकुरा छन् जो प्राकृतिक रूपमै यौनशक्तिवर्द्धक छ?

जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्व शरीरमा उत्पादन गराउँछ तिनमा वास्तवमा स्वस्थ यौन इच्छासँग सम्बन्धित तत्व पनि हुन्छन् । 

तिनलाई बरोबर यौनवर्द्धकको रूपमा समेत प्रस्तुत गरिन्छ ।

-विभिन्न पत्रपत्रिकाको सहयोगमा


Top