उड्ने मोटरसाइकल ‘होभरबाइक’

एजेन्सी   POSTED ON : कार्तिक १३, २०७८ (६:३० AM)

उड्ने मोटरसाइकल ‘होभरबाइक’

टोकियो । प्रविधिको फड्कोसँगै विभिन्न खोज-अनुसन्धान भइरहेका छन् । गुड्ने कारलाई उड्ने कारका रूपमा विकास भइरहेका बेला अब गुड्ने मोटरसाइकल पनि उड्ने बनाइएको छ । जापानमा यस्तो मोटरसाइकलको विकास गरिएको हो । जापानको राजधानी टोकियोस्थित एक कम्पनीले उड्ने मोटरसाइकल सार्वजनिक गरेको छ । फुजी हिमालको फेदमा अवस्थित एक खाली रेसट्याकमा ‘होभरबाइक’ नामक उड्ने मोटरसाइकल सार्वजनिक गरिएको हो ।

एएलआई कम्पनीले उत्पादन गरेको उड्ने मोटरसाइकल एकपटक चार्ज गरेपछि ४० मिनेटसम्म प्रतिघण्टा एक सय किलोमिटर आकाशमा उड्न सक्छ । होभरबाइकको मूल्य ६ लाख ८२ हजार अर्थात् झण्डै आठ करोड २० नेपाली रुपैयाँ तय गरिएको छ । कम्पनीका अनुसार तीन सय किलो तौल रहेको उड्ने यो मोटरसाइकलमा एकजना चढ्न मिल्छ । उक्त बाइकमा एउटा परम्परागत इन्जिन र ब्याट्री जडित चार मोटर छन् ।

मोटरसाइकल सार्वजनिक भएको दिनदेखि नै अर्डर लिन थालिएको र आगामी वर्षको मध्यसम्ममा सीमित ग्राहकलाई २०० मोटरसाइलक उपलब्ध गराइने कम्पनीको भनाइ छ । ०००

Top