3rd December | 2020 | Thursday | 4:08:23 AM

मगर भाषाको ‘डिस्या र डी लख’ सार्वजनिक (भिडियोसहित)

हिमालय टाइम्स   POSTED ON : कार्तिक २३, २०७७ (९:४६ AM)

मगर भाषाको ‘डिस्या र डी लख’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । रित रानामगर र सन्तोष रानामगरको स्वरमा रहेको मगर भाषाको गीत ‘डिस्या र डी लख’ सार्वजनिक गरिएको छ । गीतमा डोलराज बाह्रघरे मगरको शब्द तथा संगीत छ । 

गीतको भिडियोमा मगर फिल्मका लोकप्रिय नायक रमेशबाबु थापा मगरसँगै रविता थापा मगरको नृत्य छ । दुवैजनाको जोडी गज्जब देखिएको छ । यस्तै भिडियोमा आयारन आले मगर र हेम लामाको पनि अभिनय छ । बिपी फिल्म नेपालबाट निर्माण भएको यस गीतको भिडियो करन चैसिरले खिच्नुभएको हो । 

यस्तै भिडियोमा प्रवीन भट्टको सम्पादन छ । सरजन थापा मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो हङकङमा रहेका निलम थापा मगर र जापानमा रहेकी इन्दिरा पिथाकोटी मगरले निर्माण गर्नु भएको हो । गीतमा नेपाली सबटाइटलसमेत राखिएको छ ।


Views: 92