गीतकार दवाडीको शब्दमा 'म मजदुर मायाको' सार्वजनिक(भिडियोसहित)

हिमालय टाइम्स   POSTED ON : जेठ ३०, २०७८ (४:१९ PM)

गीतकार दवाडीको शब्दमा 'म मजदुर मायाको' सार्वजनिक(भिडियोसहित)

काठमाडौँ । युवा गायक केशव भावुकले आफ्नो  नयाँ गीत ‘म मजदुर मायाको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।  

यस गीतलाई न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार नमिता दवाडीले लेखेकी हुन्।  गीतमा स्वयम गायक भावुकको संगीत रहेको छ भने उदय राज पौडेलको संगीत संगीत संयोजन रहेको छ ।  

प्रेम, विरह र विछोडका कथालाई प्रस्तुत गरिएको भिडियोमा स्वयम गायक फिचर्ड छन्।  कोरना कहरका कारण सुस्ताएको संगीत क्षेत्रलाई चलाएमान बनाउन जोखिम उठाएर मिहेनत साथ यो सिर्जना सार्वजनिक गरेको गायक भावुकले बताएका छन् । 

मिराज अर्यालको  छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।  महेश बाबु दवाडीले निर्माता रहेको यस भिडियोलाई गीतकार दवाडको आधिकारिक च्यानल ुनमिता दवाडीु मार्फत सार्वजनिक गरिएको हो ।  


Top