बाथरोग र यसबाट बच्ने उपाय

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौँ । सबैजसो जोर्नी दुख्ने समस्यालाई हामी बोलिचालीको भाषामा बाथरोग भन्छौँ । तर, बाथरोग जोर्नी दुख्ने मात्र नभई अन्य लक्षणको रूपमा पनि देखापर्छ ।

बाथरोग एक प्रकारको ‘अटोइम्युन डिजिज’ हो। अर्थात् शरीरको रोग निरोधक शक्तिले शरीरकै अंगलाई असर गर्दा बाथरोग हुने गर्छ। सामान्य अर्थमा भन्नुपर्दा बाथ एउटा दीर्घकालीन रोग हो। यो रोग लागिसकेपछि पूर्ण रुपमा निको हुन सम्भव छैन। तर, यसलाई समयमै पत्ता लगायौं र उपचार भयो भने धेरै समस्याबाट जोगिन सकिन्छ। कतिपय बाथ वंशाणुगत कारणले पनि हुन्छ। तर, बाथ सरूवा रोग भने होइन।

सामान्यतः बाथको समस्या बढी महिलालाई देखिन्छ भने पुरुष पनि यसका शिकार हुन्छन् । बाथ हुँदा जोर्नी दुख्छ र सुन्निन्छ । यसका लागि उपचार र पेनकिलर्स दिइन्छ । तर अनुसन्धानहरुबाट के देखिएको छ भने यदि बाथ बढाउने खालका खाना खाइएको छै भने यसलाई नियन्त्रण गर्न सकिन्छ । बाथ धेरै प्रकारका हुन्छन् । तिनमा ओष्टियो बाथ र रुमाटाइड बाथ बढी भएको पाइन्छ ।

ओष्टियो बाथ औंला, घुँडा तथा हिपमा हुन्छ भने रुमाटाइड बाथ खुट्टाको जोर्नीमा हुन्छ । यसले ती अंग चलाउन पनि गा-हो हुन्छ । परिवारमा पहिला कसैलाई बाथ भएको छ भने यसको चपेटामा पर्ने सम्भावना बढी हुन्छ । मेडिकल साइन्सले बाथरोग लाग्नै नदिने उपाय अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

जोर्नी दुख्ने, सुन्निने। अंगले काम गर्न समस्या हुने, रातो हुने आदि बाथको लक्षण हुन् । यस्ता लक्षण देखिएका तुरुन्तै नजिकको उपचार केन्द्रमा गएर रगत जचाउनु पर्दछ ।

सामान्यतया सबै बाथको साझा लक्षण भनेको शरीरका जोर्नीहरु दुख्ने वा सुन्निने हो। त्यसपछि क्रमशः अन्य अंगमा असर हुने हो। बाथरोगको लक्षण बाथले असर गरेको अंग अनुसार फरक हुन्छ। लक्षण र कुन प्रकारको एन्टीबडी रगतमा देखिन्छ त्यसका आधारमा यो रोगको वर्गीकरण गरिन्छ। बाथरोग नियन्त्रणका लागि लक्षण एवं एन्टीबडीको संलग्नताका आधारमा मूल्यांकन गरी उपचार विधि अपनाइन्छ। ल्याब परीक्षण गरेर मात्र बाथरोग हो/होइन पत्ता लगाउन सकिन्छ।

यी बाहेक नेपालमा प्यालोटोइड आरथाइटिस (गठिया बाथ), र्‍युमाटाइड आरथाइटिस, स्पोन्डिलो आरथाइटिस (ढाडको बाथ), लुपस, स्क्लेरोडर्मा (छाला बाक्लो हुने बाथ), जुभेनाइल आरथाइटिस (केटाकेटीमा हुने बाथ) जस्ता अन्य प्रकारका बाथ पनि देखिन्छ।

साथै बाथका रोगीले यी खाना खानबाट बँच्नुपर्छ । अनुसन्धानकर्ताहरुका अनुसार बाथका रोगीले फ्राइ गरेको या प्याकेजिङ गरेको जस्तै, फ्राइड मिट, चिस्याइएका तरकारीहरु खानुहुन्न । यसको ठाउँमा ताजा फलफूल तथा तरकारी खाएमा सुन्निने समस्या र दुखाई कम हुनमा सहयोग गर्छ ।

सन् २००९ मा गरिएको एक अध्ययनले बाथका रोगीहरुले बढी तताइएको खाना खान नहुने तथ्य पत्ता लगाएको थियो । यस्ता खानाले पनि बाथको समस्या बढाउँन सक्छ ।

यो रोग बढ्दै गएमा जोर्नी बिग्रिने, बांगिने, युरिक एसिडका डल्ला ठाउँठाउँमा जम्ने र मिर्गौलाको काम बिग्रने तथा मिर्गौलामा पत्थरी समेत हुन सक्छ।

आवश्यकताभन्दा बढी खानाले जुनसुकै खाद्यपदार्थले पनि असर गर्न सक्छन्, चाहे त्यो नुन होस् या चिनी । गुलियो पदार्थ बढी खानाले बाथ प्रभावित अंग सुन्निन सक्छ । यसैले आफ्नो डाइटमा केक, सोडा, चकलेट, मैदाजन्य पदार्थ समावेश गर्नुहुन्न । यसमा माछा, मासु, अन्डा, गेडागुडी, गोलभेंडाको गुदी, खुर्सानीको गुदी, पालुङ साग, च्याउ, कुरिलो, रातो मासु, दही, दूधजन्य पदार्थ खानु हुँदैन।

दूध दही शरीरका लागि फाइदाजनक हुन्छ । यसबाट भरपूर क्याल्सियम पाइन्छ । तर बाथका रोगीहरुका लागि दुग्धजन्य पदार्थ बिलकुल हानिकारक मानिन्छ । अनुसन्धानका अनुसार दुग्धजन्य पदार्थमा त्यस्तो प्रोटिन पाइन्छ, जसले जोर्नीको दुखाईलाई झन् बढाउँछ । यस्तो अवस्थामा शरीरमा प्रोटिनको कमी हुन नदिन पालुंगो, तोफु, सीमी, दाल बढी खानुपर्छ ।

मदिरा र सूर्तिजन्य पदार्थ शरीरका लागि हानिकारक हुन्छ । झन् बाथका रोगीले त यसलाई छुनै हुन्न । यसले जोर्नी दुख्ने क्रम बढी पार्छ । साथै शरीरमा खतरनाक रोगलाई निम्त्याउँछ ।

-पत्रपत्रिकाको सहयोगमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *