मञ्जुश्रीलाई ‘बेष्ट फाइनान्स अफ द इयर’ अवार्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले ‘बेष्ट फाइनान्स अफ द इयर २०२४’ प्राप्त गरेको छ । कर्पोरेट मिडिया ग्रुपद्वारा राजधानीमा आयोजित १६औँ संस्करणको कर्पोरेट बिजनेस अवार्ड २०२४ कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।

मञ्जुश्री फाइनान्सलाई कर्पोरेट बिजनेस एक्सिलेन्सी अवार्डअन्तर्गत ‘बेष्ट फाइनान्स अफ द इयर’ अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ । अवार्ड फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तेजराज तिमल्सिनालाई हस्तान्तरण गरिएको छ ।

अवार्ड छनोट समिति संयोजक भवानी राणा र सदस्य सुष्मा महरा, तेञ्जिङ शेर्पा, प्रेमलाल महर्जन, आकृति रायमाझी र करुणाकर मल्लिकको छनोट समितिबाट उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंकिङ, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रबाट छनोट भएका २९ व्यक्तित्व/संस्थालाई अवार्ड प्रदान गरिएको हो । अवार्डले आगामी दिनमा कम्पनीलाई अझै उत्कृष्ट बनाइराख्न नयाँ ऊर्जा थपेको महसुस भएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *