सरकारले दरबन्दी काटेको भन्दै जुम्ला हुलाकका कर्मचारी आन्दोलित

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । हुलाक कार्यालय जुम्लामा कार्यरत हुलाकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

नेपाल सरकारले हुलाक सेवामा कार्यरत श्रेणीविहीन तहका कर्मचारीलाई कामकाजबाट हटाउने निणय गरेपछि यहाँका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

सरकाले लामो समयदेखि दुर्गममा बसेर न्यून पारिश्रमिकमा काम गरिरहेका कर्मचारीकोव्यवस्थापन नगरी विना कारण सेवाबाट हराउने निर्णय गरेको उनीहरूको आरोप छ ।

देशभर जिल्ला हुलाक कार्यालय अन्तरगत ठुलो संख्यामा हुलाकी, हल्कारा पदमा कर्मचारी कार्यरत छन् । जुम्लामा हुलाकीको ४७ जनाको दरबन्दी छ । तीमध्ये ६ जना स्थायी छन् भने दुई जनाको पद रिक्त रहेको छ । ३६ जना हुलाकी करार सेवामा कार्यरत छन् ।

यस्तै हल्काराको भने १६ जनाको दरबन्दी छ । जुम्लामा दुई जना हल्कारा स्थायी छन् भने हल्कारा १० करार सेवामा कार्यरत रहेका छन् ।

जुम्लाले हाल कायर्यरत रहेका २५ जना २० जना करारमा सेवारत हुलाकीलाई सेवाबाट हटाउने तयारी गरेको छ । हुलाकी र हल्कारालाई सेवाबाट हटाउने निर्णय फिर्ता लिन आग्रह गर्दै हुलाक कार्यालय जुम्लामा कार्यरत हुलाकी तथा हल्कारा कार्मचरीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

बुझाएको पत्रमा भनिएको छ,'प्रस्तुत विषयका सम्बन्धमा नेपाल सरकारको निर्णयले हजारौ कर्मचारीहरू मर्कामा परेका छौँ। नागरिक सेवाबाट बन्चित हुन बाध्य भएका छन्। देशभरका हामीजस्ता श्रेणी विहीन हुलाकी हल्कारा कर्मचारीहरू सरकारको निर्णयमा असमर्थ छौँ।' १८ वर्षदेखि हुलाकी पदमा कार्यरत मदनराज न्यौपानेले सरकारको निर्णयले वर्षौदेखि कार्यरत कर्मचारी मर्कामा परेको बताए । उनका अनुसार निर्णय फिर्ता नलिदासम्म कामकाज ठप्प गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *