नेपाली चलचित्र, कला र संस्कृति प्रवर्द्धनका लागि क्यानडामा मानभी स्टुडियोजको स्थापना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली चलचित्र, कला र संस्कृति प्रवद्र्धनका लागि नेपाली कलाप्रेमी युवाहरूले क्यानडामा मानभी स्टुडियोजको स्थापना गरेका छन् । ओन्टारियोमा स्थापना भएको यो कम्पनीले नेपाली चलचित्र, कला र संस्कृति प्रवद्र्धनमा कार्य गर्ने जनाइएको छ ।

कम्पनीले चलचित्र, संगीत, भिडियो, टिभी विज्ञापन, पडकाष्ट, वृत्तचित्र र कार्यक्रम व्यवस्थापनमा कार्य गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । स्टुडियोले क्यानडा नियोगका राजदूत भरतराज पौड्यालको अन्तर्वार्तासँगै पडकाष्टको थालनी गरेको छ ।

फिल्ममेकर तथा सञ्चारकर्मी विधान कार्की र कला निर्देशक मनिषा पोखरेलले स्थापना गरेको यो संस्थाले अनुभव र कलाको संयोजन गर्ने ध्येय राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *