जातिवादी व्यवहार भएको भन्दै लिभरपुलको युवा टिम दुई खेलमा मैदानबाट बाहिरिए

हिमालय टाइम्स
Read Time = 2 mins

एजेन्सी । टिमका खेलाडीमाथि जातिवादी व्यवहार भएको जनाउँदै इंग्लिस क्लबको युवा टिम दुई खेलमा मैदानबाट बाहिरिएको छ । बुन्डेसलिगा कप युथ प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार होफेनहेमसँग खेल्दा टिमका एक खेलाडीले आफूमाथि जातिवादी व्यवहार भएको जनाएपछि टिमले नै मैदान छोडेको हो ।

सोही प्रतियोगिताअन्तर्गत शनिबार फ्र्यांकफर्टविरुद्ध पनि सोही खेलाडीले उस्तै व्यवहार भएको जनाएपछि लिभरपुलको यू-१८ टिमका सबै खेलाडी उक्त खेलमा पनि मैदानबाट बाहिरिएका हुन् ।

यस घटनाबारे लिभरपुलले तत्काल र सही अनुसन्धान सुरु गरेको छ । ‘जर्मनीमा बुन्डेसलिगा कप युथ प्रतियोगिताका दौरान क्लबका एक खेलाडीले आफूमाथि जातिवादी व्यवहार भएको जानकारी गराएका छन्,’ लिभरपुलले एक विज्ञप्तिमा भनेको छ, ‘उक्त खेलाडीले तत्कालै यसबारे खेल अधिकारीहरू, सहकर्मी र प्रशिक्षण टोलीलाई जानकारी गराए । जसका कारण लिभरपुलको व्यवस्थापन टिमले खेल रोक्ने र एकसाथ मैदानबाट बाहिरिने निर्णय लियो ।’ लिभरपुलले आफ्नो खेलाडीको निर्णयप्रति क्लब गौरवान्वित रहेको र घटनाबारे खेलाडीले देखाएको प्रतिक्रियालाई परिपक्व भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *