जहाज दुर्घटना : क्याप्टेनको उद्धार गरी केएमसी अस्पताल पठाइयाे

काठमाडौं । सौर्य एअरलायन्सको जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ ।

३७ वर्षीय क्याप्टेन मनिष शाक्यकाे उद्धार गरिएकाे हाे । उहाँलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको छ ।

दुर्घटनामा परेको विमानमा १९ जना यात्रु रहेको जनाइएको छ ।

चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न  तीनवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिनुभयो । दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुग्नुभएको छ ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *