एनआइसी लघुवित्तको अर्धवार्षिक समीक्षा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले लुम्बिनी र कर्णाली प्रदेशअन्तर्गत शाखास्तरीय अर्धवार्षिक समीक्षा सम्पन्न गरेको छ । संस्थाले शनिबार र आइतबार लुम्बिनी र कर्णाली प्रदेशअन्तर्गतका शाखा कार्यालयको अर्धवार्षिक समीक्षा कार्यक्रम गरेको हो ।

कार्यक्रममा शाखामा देखिएका समस्या, चुनौती तथा समाधानका उपायका साथै चालु तेस्रो त्रैमासका लागि भावी रणनीतिबारे बृहत् छलफल भएको थियो । सो अवसरमा संस्थाका सञ्चालक दिपक ढकाल, लुम्बिनी प्रदेश (ए) का ओभरसाइट अफिसर राकेश श्रेष्ठ, मानव संसाधन विभाग प्रमुख सुजन ढकाल, लुम्बिनी प्रदेश (बी)का सञ्चालक समिति अध्यक्ष सुवर्ण पौडेल, सञ्चालक विभोरकुमार अग्रवालका साथै प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपाने, लुम्बिनी प्रदेश (बी) का ओभरसाइट अफिसर उद्धव नेपालको उपस्थिति रहेको थियो । कर्णाली प्रदेशका अध्यक्ष ढकाल, प्रमुख कार्यकारी अधिकृत चालिसे, प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *