काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।
सोमबार बसेको रास्वपा संसदीय दलको बैठकपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सांसदलाई ह्वीप जारी गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयाे ।
प्रधानमन्त्री प्रचण्डले सोमबार चौथोपटक विश्वासको मत लिँदैहुनुहुन्छ ।