यमन तीज म्युजिक अवार्ड हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यमन तीज म्युजिक अवार्ड २०८१ हुनेभएको छ । नेपाली महिलाहरूको महान् पर्व हरितालीका तीजको अवसरमा नेपाली रीतिरिवाज, संस्कार संस्कृति झल्किने खालका गीतलाई सम्मान र पुरस्कृत एवं अवार्ड प्रदान गर्ने उद्देश्यले यमन तीज म्युजिक अवार्ड गर्न लागिएको आयोजकले जनाएको छ ।

अवार्डमा गत २०८० सालभित्र सार्वजनिक भएका नेपाली तीजलाई एक समारोहबीच अवार्ड प्रदान गरिने आयोजक तारावीर पाण्डेले जानकारी गराउनुभयो ।

उत्कृष्ट तीज गीत, लय, शब्द, गायक, गायिका, संगीत संयोजक, भिडियो सम्पादक, अडियो सम्पादक, महिला मोडल, पुरुष मोडल, छायांकार, नृत्य निर्देशक, भिडियो निर्देशक, शृंगार, बध्यवादक, ध्वनि मुद्रण गरी २१ विधामा अवार्ड वितरण गर्ने आयोजक पाण्डेले बताउनुभयो ।

समावेश हुन आएका गीतबाट उत्कृष्ट पाँच सार्वजनिक गरी त्यसबाट सर्वोत्कृष्टलाई भाद्र १५ गते राष्ट्रिय नाचघर जमलको सभाहलमा अवार्ड वितरण गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *