एसबिआईद्वारा छात्रा पोशाक सहयोग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनगढीको एक सामुदायिक विद्यालयमा छात्रालाई पोशाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका धनगढी शाखा प्रबन्धक विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भण्डारीलगायत बैंकका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बैंकले दिगो विकास हासिल गर्ने तथा सबैका लागि समावेशी र गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *