देशमा संघीयताको कुनै काम छैन, कांग्रेसले ‘हिन्दुराष्ट्र’ चुनावी एजेण्डा बनाउनु पर्छ : नेता भण्डारी

हिमालय टाइम्स
Read Time = 3 mins

जनकपुरधाम । नेपाली कांग्रेसका नेताहरुले पनि संघीयता देशमा अव आवश्यक नरहेको टिप्पणी गर्न थालेका छन् । जस्को नेतृत्वमा संविधानसभा, संविधान र संघीयता आयो सोही पार्टीका नेताले खुल्लेआम संघीयताको विरोध र हिन्दुराष्ट्रको पक्षमा वकालत गर्न थालेका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री शंकर भण्डारीले विहिवार नेपाली कांग्रेसको धनुषा पार्टी कार्यालयमा नेता-कार्यकर्तासँगको भेटघाटका क्रममा यस्ताे बताउनु भएकाे हाे । उहाँले भन्नुभयो, ‘पालिकाहरुनै संघीयता हो, प्रदेश सरकार र धर्मर्निपेक्षता देशको लागि घातक सावित भइरहेको छ ।’ उहाँले कांग्रेसको  आगामी उत्कृष्ट एजेन्डा हिन्दुराष्ट्र हुनपर्ने समेत बताउँदै जसले मत कांग्रेसका पक्षमा आउने पनि बताउनु भयाे ।

२०६४ संविधानसभामा माओवादीको प्रचण्ड बहुमत आयो तर संविधान बनाउन सकेन उहाँले भन्नभयो, ‘नियोजित रुपमा सबै कामको अगुवाई कांग्रेसबाट गर्न लगाएर बदनाम गर्ने काम भयो ।’ संविधानसभा, संविधान र संविधान भित्रको धर्मनिरपेक्षता सबै कांग्रेसकै नेतृत्वमा ल्याउने काम भएर कांग्रेसलाई नै सबै दोष देखाउने तर राम्रो कामको जस नदिने गरिएकाले बदनामी भइरहेको उहाँको तर्क थियो ।

कांग्रेस भित्रकाे गुट अवसरवादको कारण पलाएको बताउँदै उहाँले कार्यकर्ता लम्पसारपरेसम्म नेता र गुट हावी रहने बताउनु भयाे । नेतालाई नमस्कार भन्दा पनि पार्टीको अवस्था के छ ? भनेर हिसाव माग्न आग्रह गर्नुभयो ।

उहाँले पार्टीको धनुषा भित्रको समस्या समाधानका लागि वरिष्ठ नेता विमलेन्द्र निधि सहितका नेताले पहलकमदी लिनुपर्ने समेत बताउनु भयो ।

-पुरन साह

Leave a Reply

Your email address will not be published. Required fields are marked *