बागमतीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

हरिप्रभालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट नयाँ चार मन्त्रीले शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

उहाँहरुको शपथ पछि मन्त्रालयको कार्यभार समेत तोकिएको छ । बुधवार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४ जना गरी कांग्रेसका ७ मन्त्रीको जिम्मेवारी तोकिएको हो ।

मुख्यमन्त्री बहादुरसिं लामाले आफ्नै दल कांग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेरसँगै नयाँलाई जिम्मेवारी दिएर आज शपथ गराइएको हो ।

सामाजिक विकास मन्त्रालयमा हरि प्रभा खड्गी, सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

लामाले बिहीवार आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर कुन्दन राज काफ्लेलाई जिम्मेवारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *