टी–२० आई : अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ । टी–२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १६४ रन बनाएको हो ।नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४९ रन बनाएका थिए ।

त्यस्तै दिपेन्द्र सिंह ऐरीले २८, अनिल शाह र आसिफ सेखले २७/२७ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाएका थिए ।

त्यसैगरी अमेरिकाका बलर सौरभ नेत्राभल्कर जसदीप सिंह र हर्मित सिंहले २/२ विकेट लिए भने अली खान र नोसथुश केंजिगेले एक एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *