‘बाखाम्मा’लाई दर्शकको साथ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । काठमाडौंको मण्डला थिएटरमा गत वैशाख १४ गतेदेखि निरन्तर नाटक ‘बाखाम्मा’ मण्चन भइरहेको छ । यसलाई दर्शकले साथ दिइरहेका छन् । मदन पुरस्कार विजेता, साहित्यकार, कवि, लेखक तथा नेपाल प्रज्ञा परिषद् सदस्य राजन मुकारुङको लेखन, किरण चाम्लिङको निर्देशन यो नाटक मञ्चन भइरहेको छ ।

केन्द्र मोसन पिक्चर्सले निर्माण गरेको नाटकमा एलिशा राई, बेदना राई, अनिल सुब्बा, पुनम लक्ष्मी मगर, मानांग लावती, रमिला मोक्तान, शुभम चाम्लिङ, ज्वाला राईलगायत तीन दर्जनभन्दा बढी कलाकार को अभिनय छ । सुरुवाति दिनदेखि नै राम्रो दर्शकको साथ पाएको बाखाम्माले अहिले पनि दैनिकजसो हाउसफूल दर्शक बटुल्न सफल भएको छ ।

किराती मुन्धुम अनुसार सृष्टिकर्ता पारुहाङले माटो र खरानीलाई सितमा मुछेर मान्छेको आकृति बनाएको थियो जसलाई बाखाम्मा भनिन्छ । मुन्धुम अनुसार सृष्टिकर्ता पारुहाङ आकाश हुन् भने सुम्निमा धर्ती हुन् । सुम्निमा धर्तिमा चराचुरुंगी, भमरा, माकुराहरूसँग रमाएर बस्थे । एकदिन आकाशबाट परुहाङ घुम्दै प्रकृति (धर्तीमा ) आइपुग्छन् र सुम्निमासँग भेट हुन्छ । सुम्निमा र पारुहाङको भेट भएपछि एक अर्काबीच मन परापर हुन्छ यो कुरा को सूचना अदानप्रदान गर्न भमराले साथ दिन्छ ।

भमराले यो कुरा पारुहाङलाई सुनाएपछि एक दिन निराकर (पारुहाङ ) सुम्निमा भेट्न धर्तीमा आउँछन् तर सुम्निमालाई पारुहाङ मन पर्दैन । किनकि पारुहाङ पहिलाको जस्तो स्वरूपमा देखिँदैन यो कुरा सुनेपछि पारुहाङलाई आफ्नो अपमान भएको सम्झी निराश भएर आकाश नै फर्किन्छ । बदलामा पारुहाङले प्रकृतिको पानीको सबै मुहान सुकाइदिन्छन् र सुम्निमालाई पनि बिरामी बनाइदिन्छन् । लामो समय सुम्निमा बिरामी भएपछि भमराले यो काम सबै पारुहाङले गरेको हो भनेर पत्ता लाउँछन् । अनि भमराहरू फेरि सुम्निमालाई निको पारिदिन पारुहाङ कहाँ हारगुहार गर्न जान्छन् । पारुहाङले कर्कलोको पातमा सुम्निमालाई पानी पठाइदिन्छन् उक्त पानी पिएपछि सुम्निमा होस्मा त आउँछिन् तर उनी गर्भवती हुन्छिन् ।

यस्तै कथालाई अत्यान्तै रोचक ढंगले अभिनयमार्फत नाटकमा प्रस्तुत गरेको छ । किरातीहरूको एक महत्वपूर्ण ऐतिहासिक धार्मिकस्थल साल्पा सिलिचोङको धार्मिक यात्राबाट सुरु भएको नाटक किराती मुन्धुम हुँदै किरातीहरूको परम्परागत बिहेमा टुङिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *