अस्पताल निर्माण गर्न जग्गा प्रदान

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाही ईश्वरपुुर नगरपालिकालाई १ करोड रुपैयाँ बराबरको जग्गा प्राप्त भएको छ । स्थानीय विष्णु प्रसाद महतोले श्रीमती अनिता महतो र स्वर्गीयछोरा ऋषभ महतोको नाममा नगरपालिकालाई जग्गा उपलब्ध गराउनु भएको हो ।

छोराको स्मृतिमा बाबु महतोले ईश्वरपुर नगरपालिकालाई आफ्नो नाउमा रहेको ईश्वरपुर ६ क को कित्ता नम्बर २८ बाट १० कण्ठा जमिन दिन तयार रहेको भनेर नगरपालिकालाई पत्र मार्फत जानकारी गराउनु भएको छ ।

हाल ईश्वरपुर ९ मा रहेको फुलजोर त्रिभुवन रोडबाट १०० मिटर भित्रको रहेको जमिन प्रदान गर्नु भएको छ । नगरपालिकालाई प्रदान गर्नुभएको जमिन श्रीमती र स्वर्गिय छोरा ऋषभको स्मृतिमा पालिकाको र स्थानीयको मागको आधारमा प्रदान गर्नुभएको ईश्वरपुरका नगर प्रमुख मनोज आचार्यले बताउनु भयो ।

दाताको आग्रह अनुसारै अब बस्ने कार्यपालिकाको बैठकले सो जमिन पालिकाको नाममा लिने र त्यसपछि बिभिन सहयोगी संस्था तथा निकायको सहयोगमा स्तरिय अस्पताल निर्माण गरिने नगर प्रमुख आचायको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *