दक्षिण अफ्रिकी सर्वोच्च अदालतद्वारा पूर्वराष्ट्रपति जुमालाई चुनावका लागि अयोग्य ठहर

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको सर्वोच्च अदालतले सोमबार पूर्वराष्ट्रपति ज्याकोब जुमालाई आगामी निर्वाचनमा भाग लिन अयोग्य भएको फैसला गरेको छ । निर्वाचन आयोगले जुमालाई उम्खोन्टो वेसिज्वे (एमके) पार्टीको मनोनित उम्मेदवारको सूचीमा रहन अनुमति दिने निर्वाचन अदालतको आदेशको अपिलपछि अदालतको यस्तो फैसला आएको हो ।

जुमालाई अपराधको दोषी ठहर गरी १२ महिनाभन्दा बढीको जेल सजाय सुनाइएको थियो । त्यसैनुसार जुमा राष्ट्रिय सभाको सदस्य हसनका लागि चुनावमा भाग लिन अयोग्य भएको संवैधानिक अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ । फैसला अनुसार निर्वाचन अदालतको आदेश खारेज गरी जुमा र एमके पार्टीको आवेदनसमेत खारेज गरेको छ ।

सन् २०२१ मा अदालतको अपमानको आरोपमा १५ महिनाको जेल सजाय सुनाइएका जुमालाई एमके पार्टीले चुनावका लागि उम्मेद्वारको रूपमा मनोनित गरेको थियो । दक्षिण अफ्रिकामा मे २९ का लागि राष्ट्रिय तथा स्थानीय निर्वाचनको मिति तय भएको छ । रासस÷सिन्हृवा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *