नेपाल फेसन फेस्टिभलमा अत्याधुनिकदेखि परम्परागत तथा कलात्मक पहिरनहरू प्रदर्शन

काठमाडौं । फेसन नेटवर्क नेपालले शुक्रबारदेखि आयोजना गरेको नेपाल फेसन फेस्टिभल आइतबार साँझ सकिएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरिएको फेस्टिभलमा मोडलहरूले विभिन्न आधा दर्जन डिजाइन, बुटिक तथा फेसन कलेजका डिजाइनरले तयार पारेका अत्याधुनिकदेखि परम्परागत तथा कलात्मक पहिरनहरू प्रदर्शन गरेका थिए ।

फेसन शोको पहिलो सिक्वेन्समा रेजभोल कस्मेटिक्सको प्रस्तुति रहेको थियो । यो सिक्वेन्समा आकर्षक पहिरनमा सजिएका मोडलहरूले प्रारम्भ र्‍याम्पको मध्य भाग राखिएको कुर्सीमा बसेर रेजभोलका कस्मेटिक्सद्वारा मेकअपलाई टचअप गर्दै क्याटवाक गरेका थिए । फेसन शोको दोस्रो सिक्वेन्समा जेबिजी बीस्पोकका डिजाइनरहरू प्रस्तुत गरिएको थियो । यो सिक्वेन्समा मोडलहरू दुलहीले लगाउने परम्परागत पहिरनदेखि गरगहनासमेत प्रदर्शन गरेका थिए ।

तेस्रो सिक्वेन्समा डिजाइनर हेमा श्रेष्ठको हेमाज बुटिकले तयार पारेका पहिरनहरू प्रदर्शन गरिएको थियो भने चौथो सिक्वेन्समा इन्ता अटाएरका पहिरनहरू प्रदर्शन गरिएको थियो । यो सिक्वेन्सका लागि डिजाइनर इन्ता श्रेष्ठले तयार पारेका विभिन्न शैलीका पहिरनहरू प्रदर्शन गरिएको थियो । त्यसपछिको सिक्वेन्समा लोगो फेसनका पहिरनहरू प्रदर्शन गरिएको थियो ।

फेसन शोको अन्तिम सिक्वेन्समा नमुना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीहरूले तयार पारेका आकर्षक पहिरनहरू प्रदर्शन गरिएको थियो । यो सिक्वेन्समा डिजाइनरहरूको कल्पनाशीलता स्पष्ट रूपमा पहिरनमा झल्किएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *