झापा । झापाको अर्जुनधारा स्थिति शनिश्चरे बहुमुखी क्याम्पस क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
१७ औँ गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा २० जनाले रक्तदान गर्नुभएको छ । स्वतन्त्र विद्यार्थी युनियन, युथ रेडक्रस सोसाइटी आयोजना र नेपाल रेडक्रस सोसाइटी अर्जुनधारा उपशाखाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
युवा सामाजिक अभियनकर्मी विष्णु आचार्यका अनुसार नेरेसो झापाको प्राविधिक सहयोग रहेको कार्यक्रममा क्याम्पसका विद्यार्थीले स्वतस्फूर्त रुपमा रक्तदान गर्नुभएको हो ।