एनसेलको ‘बिज सधैँ अन’ अफर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एनसेलले नेपाली व्यावसायिक क्षेत्रलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैँ अन’ योजना ल्याएको छ । ग्राहकलाई ‘सधैँ अन’मार्फत् सशक्त बनाउने प्रतिबद्धता जारी राख्दै ल्याइएको यो योजना फाइभजी भिजनमा आधारित एक अर्को पहल भएको कम्पनीले जनाएको छ । नेपाली उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायलाई आ-आफ्नो क्षेत्रमा सधैँ अनको प्रयोगमार्फत् व्यापार, व्यवसाय बढाउन सहयोग पुर्‍याउनु ‘बिज सधैँ अन’को उद्देश्य रहेको छ ।

अनावश्यक रूपमा ब्यालेन्स नकाटिने, प्रयोग गर्न बाँकी रहेका सेवा पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाका साथ महिनाभरि निर्धक्क सेवा पाइने यसका मुख्य विशेषता रहेका छन् । कम्पनीले देशभर फैलिएका ३२ हजारभन्दा बढी संघसंस्था र व्यवसायका पाँच लाखभन्दा धेरै ग्राहकलाई सेवाहरू प्रदान गर्दै आएको छ । कम्पनीका अनुसार ‘बिज सधैँ अन’ प्लान अन्तर्गत चार सय ९९ देखि एक हजार नौ सय ४९ रूपैैयाँसम्मका पाँचवटा प्लान रहेका छन् ।

प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल समावेश छन् । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयर बजारमा भएको नाफा, नोक्सान ट्र्याक गर्छ । चार सय ९९ को प्लानअन्तर्गत ग्राहकले १७ जिबी डेटा, छ सय मिनेट टक टाइम र छ सय मिनेट लोकल एसएमएस प्राप्त गर्न सक्नेछन् भने छ सय ४९ को प्लानअन्तर्गत ग्राहकले ३० जिबी डेटा, अनलिमिटेड टक टाइम र छ सय ५० एसएसएस पठाउन सक्नेछन् । नौ सय ९९ को प्याकअन्तर्गत ग्राहकले ६० जिबी डेटा, अनलिमिटेड टक टाइम र एक हजारवटा लोकल एसएमएस पठाउन सक्नेछन् । सेवाको आवश्यकता धेरै भएका ग्राहकले एक हजार पाँच सय ९९ र एक हजार नौ सय ४९ रुपैयाँको मासिक प्लान लिन सक्छन् ।

यदि ग्राहकले लिएको प्लानअन्तर्गतको सेवा सकिएमा ग्राहकले जम्मा पाँच पैसा प्रतिएमबीमा वा एक जिबी डेटाको ५० रुपैयाँमै बुस्टर प्याक खरिद गर्न सक्नेछन् । बुस्टर प्याकअन्तर्गत नै ग्राहकले ३० रुपैयाँमा एक जिबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्नेछन् । त्यसैगरी ५० रुपैयाँमा ग्राहकले दुई जिबी डेटा वा ७५ मिनेट लोकल कल सुविधा प्राप्त गर्न सक्ने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *