19th December | 2018 | Wednesday | 1:58:10 AM

मोड्रिचले जिते बालोन डी’ ओर

एजेन्सी   POSTED ON : Wednesday, 05 December, 2018 (2:06:35 PM)

मोड्रिचले जिते बालोन डी’ ओर

लण्डन । रियल म्याड्रिड र क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले विश्वको सर्वोत्कृष्ट फुटबल खेलाडीलाई दिइने बालोन डी’ ओर अवार्ड जितेका छन् । सन् १९५६ बाटफ्रेन्च फुटबलले प्रत्येक वर्ष दिँदै आएको अवार्ड सन् २०१७–१८ मा सर्वोत्कृष्ठ खेलाडी ठहरिँदै मोड्रिचलाई प्रदान गरिएको हो । 

फ्रेन्च म्यागेजिनको सम्पादकीय समूहले यस अवार्डका लागि विश्वका तीस उत्कृष्ट खेलाडीहरूको सूची तयार गरेको थियो । जसमा विश्वभरका खेलपत्रकारहरूको भोटका आधारमा मोड्रिच विश्वका सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । 

उक्त अवार्डका लागि विश्वभरका १ सय ९५ खेलपत्रकारले भोट गरेका थिए । प्रत्येक देशका एक खेलपत्रकारलाई पाँचजना खेलाडीलाई एकदेखि पाँच अंकसम्म दिन लगाइएको थियो । जसआधारमा मोड्रिचले ७ सय ५३ भोट पाउँदै अवार्ड जितेका हुन् । खेलपत्रकारले एक नम्बर दिएका खेलाडीले ६ अंक पाएका थिए । यस्तै दोस्रो नम्बरकोले चार, तेस्रो नम्बरको तीन, चौथोले दुई र पाँचौं नम्बर दिएकाले एक अंक पाएका थिए । 

नेपालबाट खेलपत्रकार राजु घिसिङले भोट गरेका थिए । उनले मोड्रिच, क्रिष्टियानो रोनाल्डो, इडेन हाजार्ड, केलियन एम्बाप्पे र डियगो गोडिनलाई क्रमशः पहिलोदेखि पाँचौं स्थानमा राखेका थिए । मोड्रिचले यसअघि लगातार १० वर्षसम्म लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मात्रै जितेको यो अवार्डको सिलसिलासमेत तोडेका हुन् । सन् २००७ मा पूर्वब्राजिल र एसी मिलानका फरवार्ड काका यो अवार्ड जितेपछि मेस्सी र रोनाल्डोबाहेक अन्य कुनै खेलाडीले यो अवार्ड जित्न सकेका थिएनन् । लगातार दश वर्षसम्म मेस्सी र रोनाल्डोले ५–५ पटक यो अवार्ड जितेका थिए । 

यसपटक भने रोनाल्डो अवार्डको दोस्रो स्थानमा रहे भने मेस्सी पाँचौं स्थानमा रहे । यस्तै फ्रान्सका फरवार्डद्वय एन्टिनियो ग्रिजम्यान र केलियन एम्बाम्पे तेस्रो र चौथो स्थानमा रहे । अवार्ड जितेपछि प्रतिक्रिया दिँदै मोड्रिचले भने, ‘म यो अवार्ड ती अन्य खेलाडीलाई समर्पित गर्न चाहान्छु, जसले दश वर्षसम्म मेस्सी र रोनाल्डोले जित्दा सबैभन्दा बढी मिस गरे । पछिल्लो तीन वर्ष सायद अन्य कुनै खेलाडीले यो अवार्ड जित्न सक्थे होलान् । सायद जाभी, आन्द्रे इनिस्टा अथावा वास्ले स्नइजिदेरले । जे भए पनि अन्त्यमा नयाँ मान्छेले यो अवार्ड पाई छाडे । 

३३ वर्षे मोड्रिचले गत मे मा म्याड्रिडबाट लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए भने त्यसपछि भएको विश्वकपमा क्रोएसियालाई पहिलोपटक फाइनलमा पु¥याएका थिए । फाइनलमा समेत फ्रान्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरे तर हारभने टार्न सकेनन् । क्रोएसिया फ्रान्ससँग ४–२ ले पराजित भएको थियो । तर मोड्रेच विश्वकपकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । 


Views: 42