बागलुङ । बागलुङमा आगलागीमा परि एक जानको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिका–२ सिल्गुममा आगालगी हुँदा स्थानीय ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको हो भने सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्ती मगर घाइते भएका हुन् ।
शुक्रबार विहानदेखि सिल्गुम स्थित रानीवन सामुदायिक वनमा लागेको आगो नियन्त्रणका वनमा पुग्नु भएका कामीको आगोको लप्कोले एक्कासी भेट्दा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिनुभयो । ११ बजेदेखि वेपत्ता हुनु भएका कामीको दिउसो २ बजे मात्रै शव फेला परेको उहाँको भनाइ छ ।
घाइते बुढा मगर र घर्ती मगरलाई उद्धार गरि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरी निरीक्षक सुनारले बताउनुभयो । घाइते दुई जनाको शरीरका विभिन्न अंगहरुजलेको उहाँ बताउनुहुन्छ । शवलाई उद्धार गरि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको सुनारले बताउनुभयो । आगलागीमा परि एक घर र दुई गोठ नष्ट भएको उहाँको भनाइ छ ।
“विहानदेखि नै आगलागी भएको रैछ, प्रहरी, स्थानीय भएर निभाउने क्रममा उहाँहरु आगोमा पर्नु भएछ, आगो निकै ठूला क्षेत्रमा फैलिएको छ, घर गोठ पनि जलेका छन्” प्रहरी निरीक्षक सुनारले भन्नुभयो – “आगो नियन्त्रणमा लिने प्रयास त गरियो तर सकिको छैन, ठूलो क्षेत्रमा फैलिएको आगो नियन्त्रण बाहिर छ, तत्काल बस्तीहरु त जोखिममा छैनन् तर जंगल सबै जल्ने भयो ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच